१४ बैशाख २०८१, शुक्रबार

सल्यानमा नेकपामा प्रवेश गर्दै युवाहरुले भने, ‘अब नयाँ व्यवस्था चाहिन्छ’

1

सल्यान: सल्यानमा नेपाली काँग्रेस परित्याग गरि दर्जन बढि युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । जिल्लाकाे शारदा नगरपालिका वडा नम्बर ६ वरलाका युवा लाेकेश भण्डारीकाे नेतृत्वमा ती युवाहरु नेकपामा प्रवेश गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी सल्यानकाे आयोजनामा संचालन भइरहेको ‘मंसिर ४ काे निर्वाचन खारेज तथा जनजागरण अभियान’ अन्तर्गत वरला बजारमा आयाेजित जागरण काेणसभाबाट भण्डारी नेतृत्वका युवाहरुले नेकपामा प्रवेश गरेका हुन् ।
कार्यक्रममा युवाहरुलाई राताे टीका लगाइदिंदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम भारतीले पार्टीमा स्वागत गरेका थिए। युवाहरुलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय प्रतिनिधि कमरेड भीम भारतीले युवाहरु परिवर्तनको लागि लामवद्व भएर दलाल पुँजिवादी व्यवस्थाकाे कथित निर्वाचन पुर्ण रुपमा खारेज गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने युवाहरूको तर्फबाट बाेल्दै लाेकेश भण्डारीले याे दलाल संसदीय व्यवस्था र त्यसलाई संचालन गर्ने मानिसहरुले गाउँ समाजमा विकास गर्छाैं भनेर प्रलोभन देखाउने तर आफू र आफना नातागोतालाई मात्रै पाेश्ने काम गरिरहेकाेले देश विकास गर्ने नयाँ व्यवस्था आवश्यक रहेकाे बताए । अबकाे नेपाल र नयाँपिढिलाई संचालन र व्यवस्थापन गर्नसक्ने एकमात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको भनेर पार्टी प्रवेश गर्दै उनलेे भने, ‘अब नयाँ पुस्ता र नेपाललाई चाहिने र व्यवस्थापन गर्ने पार्टी भनेकाे विप्लव पार्टी मात्रै हाे।’
वैज्ञानिक समाजवादी राज्यव्यवस्थाकाे लागि आफुहरु जस्तै गरेर देशका सम्पूर्ण युवाहरु यै पार्टीमा लामवद्व हुनुपर्ने नवप्रवेशी युवाहरुकाे धारणा रहेको छ।
यस्तै गरि ‘निर्वाचन खारेज तथा जागरण अभियान’काे सिलसिलामा जिल्लाकाे ढाेरचाैर बजारमा पनि साे पार्टीले काेणसभा गरेको छ। पार्टी प्रवेश र ढाेरचाैरकाे काेणसभालाई युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश गिरिले संचालन गरेका थिए। कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्यद्वय कमरेड माइला र कमरेड मछिन्द्रकाे साथै अखिल (क्रान्तिकारी) का जिल्ला काेषाध्यक्ष प्रेमसागर पुनकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “सल्यानमा नेकपामा प्रवेश गर्दै युवाहरुले भने, ‘अब नयाँ व्यवस्था चाहिन्छ’

  1. साथिहरुलाई हार्दिक स्वागत छ स्वाधीनता र स्वतन्त्रता र मुक्तिकाे अभियानमा।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।