१६ चैत्र २०८०, शुक्रबार

नेकपा उदयपुरले चुनाव खारेज अभियानलाई तीव्रता दिदै मसाल जुलूस सम्पन्न

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आसन्न मंसिर ४ गते हुने सामाजिक दलाल सत्ताको कथित निर्वाचनलाई खारेजीको लागि उदयपुरमा मसाल जूलूस सम्पन्न गरेको छ ।
पार्टी केन्द्रीय समितिको चुनाव खारेज गर्ने निर्णय अनुसार देशैभरी विभिन्न प्रकारका संघर्षका कार्यक्रम भैरहेका छन् । यसैक्रममा उदयपुर पार्टीले पनि कथित संसदीय चुनाव खारेज अभियानलाई तिब्रता दिएको छ ।

प्रचारप्रसार, भित्तेलेखन, जनभेटघाट, पर्चा वितरण गर्दै मसालजुलुस सम्पन्न गरेको छ । मसालजुलुस सदरमुकाम गाईघाटसँग जोडिएको हाइवाई रोडमा करिब ३०/३२ जनाको टिमले विभिन्न प्रकारका चुनाव खारेजीको नाराहरु लगाउदै कथित दलाल सत्ताको निर्वाचन खारेज गरौं !, दलाल पुंजिवाद -मुर्दावाद, साम्राज्यवाद- मुर्दावाद, वैज्ञानिक समाजवाद- जिन्दावाद, एकीकृत जनक्रान्ति-जिन्दावाद, दलाल सत्ताको कथित निर्वाचन धोका हो भन्दै नाराजुलुसका साथ चुहाडे चोकमा गएर कोणसभा गरी सम्पन्न भएको छ । उक्त कोणसभालाई सम्बोधन गर्दै उदयपुर जिल्ला पार्टी सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य मिन प्रसाद सीले सामाजिक दलाल सत्ताको आसन्न मंसिर ४ गतेको कथित चुनावले नेपाली जनतालाई थप संकटमा पार्दै MCC र SPP को मतियारहरुलाई स्थान दिने र दलाल पुँजीवादीहरुको हालीमुहाली हुने भएकोले कथित निर्वाचन खारेजीमा लाग्न आमजनसमुदायलाई अपिल गर्नु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर/ ओखलढुंगा जिल्ला इन्चार्ज विवेक सीको पनि सहभागिता रहेकोे थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।