१६ चैत्र २०८०, शुक्रबार

न त हुन्छ बिहान हजुर न उदाउँछ घाम

0

न त हुन्छ बिहान हजुर न उदाउँछ घाम
जीर्ण यो व्यवस्थाको, छैन है कुनै काम

गर्छन् कुरा नेताहरु गाउँमा सिंहदरबारका
झुपडीका जनतालाई बरै, खान छैन माम

जागौँ अब गाउँ बस्ती अनि सहरबाट पनि
भ्रष्ट र दलाल नेताहरु खेद्दै पाखा लगाम

धराशायी संसदीय व्यवस्था र यो चुनावको
भण्डाफोरसहित खारेज गरि आजै धपाम

अब सबै एकीकृत जनक्रान्तिको बाटो भएर
वैज्ञानिक समाजवादी त्यो व्यवस्थामा जाम


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।