१०४ वर्षे जहानियाँ राणाशासनले अत्याचार गर्न पुग्यो । नेपाली श्रमजीवी जनसमुदायमा घृणा जाग्यो । २००७ सालको बिद्रोहमा जनसमुदायले साथ दिए । राणाशासनको अन्त्य भयो । २०१५ सालमा आन निर्वाचन भयो । तात्कालीन नेपाली काँग्रेस र राजावादी कम्युनिस्टहरुले निर्वाचनमा भाग लिए । केही सिट तात्कालीन कम्युनिस्ट र दुईतिहाई बहुमत नेपाली काँग्रेसलको हातमा पर्यो । कारण २००७ सालको राणाशासन विरोधी आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गरेको थियो । २०१७ सालमा नेपाली काँग्रेसको दुईतिहाई सरकार राजा महेन्द्रको `कू´मा परी सफाचट हुनपुग्यो । क्रमस करिवकरिव सबै काँग्रेसहरु पन्चे बन्नपुगे । कारण आपसी कलह र खरिदबिक्रीको प्रलोभनमा परे । पंचायतले पनि ३० वर्षे निरंकुश शासन नेपाली जनसमुदायमा लाद्धै गर्दा पाँच – पाँच वर्षमा चुनावको नाटक मन्चन गर्न छोडेन । त्यसबेला राजाभक्त व्यक्तिहरु चुन्नुपर्ने उर्दी हुन्थ्यो । बहुदलीय सोच भएका व्यक्तिहरु छिट्टफुट्ट चुनिए पनि आफ्ना आवाजहरु राख्ने आँट गर्न सक्दैनथे । किनभने उनीहरुसंग सुविचारित दृष्टिकोणको अभाव थियो । कारण उनीहरु सबै सामन्त नै थिए । श्रमजीवीले चुनावमा उमेद्वार बन्ने र जित्ने विषय भनेको भाग्यमा नलेखिएको विषय ठानेर चित्त बुझाईन्थ्यो । यता तात्कालीन कम्युनिस्टधारा पूर्वीप्रान्त – कोकेको नेतृत्वमा झापा बिद्रोहको असफल प्रयास भयो । त्यस्तै ३६ सालमा कम्युनिस्ट र काँग्रेस आस्थावान सचेतवर्गले सत्याग्रह गरे । देश तात्न थाल्यो । जनसनुदायको दवाफ महसुस गरी २०३७ सालमा `सुधारिएको पंचायत कि बहुदल ´रोज्ने विषयमा जनमतसंग्रह भयो । सामदामदण्डभेद प्रयोगलाई क्रस गर्न नसक्दा ४ लाखको अन्तरमा बहुदलले हार्यो । परन्तु निरंकुश पंचायती ब्यबस्था बिवादमा पार्न सक्नु संभावित भविश्य जन्मने संकेत भने सकारात्मक थियो । २०४६ सालमा बामकाँग्रेस मिलेर जनआन्दोलन गरे । राजतन्त्रले घुडा टेक्यो । परन्तु ,संझौतापरस्त नीतिका कारण संबैधानिक राजतन्त्र मान्नेगरी भारतको रोहवरमा त्रीपक्षिय संझौता भयो । नेपालमा बहुदलिय ब्यबस्था उदाएसंगै सबै पंचे काँग्रेस हुन पुगे । किन भने काँग्रेस र पंचेको जिन एउटै थियो । त्यो जिन पुरातन र नुतनतिर तलमाथि गरिरहन्थ्यो । नेपाली कांग्रेसले आफुलाई संसदीय ब्यबस्थाको मसिहा ठान्दै आएकोछ । हो पनि । यता पंचाङ्ग्रेसको अत्याचार – मुर्दावाद ! को नारा घन्किरह्यो। संसदवादी कम्युनिस्टको एउटा धारा बहुदलीय जनवादको नाममा संसदीय ब्यबस्थाको सौतानी अंशियार बन्नलाई वर्गसंघर्षशील मार्सवादलाई बैधानिक – संबैधानिक अर्थात कानुनी मार्सवादमा संशोधन गरेर उतै भासियो । कम्युनिस्ट क्रान्तिकारी धाराले भने २०४६ सालको त्रीपक्षिय संझौता – धोका हो ! को नारा दिएर बिकल्पमा नयाँजनवादी ब्यबस्थाका लागि दिर्घकालीन जनयुद्धको तयारी गर्न थाल्यो । जुन क्रन्तिकारी कम्युनिस्ट धाराको नाम २०४८ सालमा एकताकेन्द्र बन्न पुग्यो । उसले ठोस परिस्थितिको बिश्लेशन र जनयुद्धको तयारीको वातावरण निर्माण गर्न कार्यनीतिक रुपमा २०४९ सालमा चुनावमा भाग लिएर ९ सिट जित्न पुग्यो । त्यसको उद्धेश्य राजतन्त्रात्मक संसदीय ब्यबस्थाको भण्डाफोर र जनयुद्धको जमिन तयार पार्नु थियो । संगसंगै ग्रामिण वर्गसंघर्ष व्यापक रुपमा चर्कदै गयो । आलेमावादी सचेत पहलकदमी र जमिनी यथार्थको योगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा महान जनयुद्धको थालनी भयो । जसको भूकम्पिय धक्काले सामन्त , दलाल , नोकरशाही पुँजीवादीहरुको सत्ताको तख्ता पलटमात्र भएन बिध्वंशको रेतिले सातसमुद्र पारीको साम्राज्यवादको मुटुमा समेत ढ्याग्रो ठोक्न पुग्यो । समकालीन विश्वमै नवीन सन्देश फैलियो । राजतन्त्रात्मक संसदीय व्यवस्थाका चाटुकारहरुले भने चुनावी खेल खेलिरहे । चुनावको लोकपृयता यतिहदसम्म गिर्न पुग्यो कि टिके चुनाव गरेर चित्त बुझाउन र संत्रासमय घडीको छुचुन्द्रो बन्न पुगे टिके प्रतिनिधिहरु । यता उथलपुथलकारी जनयुद्धलाई जनक्रान्तिमा बदल्न मौलिक र वैज्ञानिक विचार विकास आवश्यक हुन्थ्यो । अवसोच! वैज्ञानिक विचार विकासको गत्यावरोधका कारण प्रचण्ड नामको पुष्पकमल दहाल देशीबिदेशी सकुनीहरुको पासामा परी घुडा टेकेर जीवनको बिख माग्ने दुर्दशा खेप्दै , भालु नाचको पात्रमा परिणत हुन पुगे। अहिले बाबुराम भट्टराई सार्वजनिक भाषण गर्दैछन , त्यो मेरो विचार थियो भनेर । बाबुरामकै पथमा हिडेकाले अहिले गठबन्धन भएको रे । बाबुरामको विचार भनेको साम्राज्यवादी भूमण्डलीकृत पुँजीवाद र मार्क्सवाद मिलाएर दलाल पुँजीवाद निर्माण गर्ने हो । बजार पुँजीवादले दलाल सत्ताको प्राण भर्दिने र दलाल सत्ताले बजार पुँजीवादलाई जनतामा रजाई चलाउन दिने संझौता यसको सार हो । सिधा अर्थमा भन्दा नागरिकता बिधेयक पास गराउने , लिपुलेक र एमसिसी र एसपीपी लागु गर्न अनुकुल सत्ता / सरकार निर्माण गर्ने । यसको परिणाम भनेको नव औपनिवेशिकता हो र नेपाललाई पराधिन र नेपालीलाई बिकासको नाममा २१ औं शताब्दीका दासमा परिणत गर्नु हो । त्यसपरिणामकै कदम अनुरुप अमेरिकी र भारतीय गठबन्धनको नेपाली अभिब्यक्ति माङ्रेस गठबन्धन हो । काग्रेस भनेको दलाल पुँजीवादीहरुको पार्टी हो । यसले नीजिकरण र उदारीकरणको अर्थ प्रणाली समातेको हुन्छ । जो भूमण्डलीकृत पुँजीवादको मलिलो जमिन हो । सरकारी कम्युनिस्टहरु मार्क्सवादको नाममा सामाजिक दलाल पुँजीवाद समातेका हुन्छन । ती पनि भूमण्डलीकृत पुँजीवादका लागि मलजल हुन । यी दुबैको गठजोडमा लोकतान्त्रीक समाजवादको राजनीतिक प्रणालीको नाममा दलाल पुँजीवादी अर्थ प्रणाली ,नवऔपनिशिकतावादी सैद्धान्तिक प्रणाली , आध्यात्मवादी भौतिकवाद दार्शनिक प्रणालीले नेपालको राष्टिय स्वाधिनता र जनक्रान्तिको गला रेटी अमेरिकाले चीनको भविष्य चुडाल्ने किल्लाको रुपमा नेपाललाई परिणत गर्ने यसको मुल उद्धेश्य हो । अमेरिकाले भारतलाई भने मालिक र कुत्ताको व्यवहार गर्न छोड्ने छैन । अहिले नेपालमा संस्थागत झुण्डबद्ध रुपमा संचालित भ्रष्टाचार, वैदेशिक उत्पादित खाध्य आयातमा मुखापेक्षी , मौलिक उत्पादनको मुलक्षदन र बढ्दो दलाल मार्फत युवा बैदेशिक रोजगारको नाममा निर्यात र रेमिटेन्सका कारण महंगी आकसिएको अवस्था, प्रचण्डपथलाई भूमाफियाकरण गरी भूमाफियाको बिगबिगीले जग्गाको मूल्य आकासिएर थोरै आय हुनेले घरवास किन्न नसक्ने र अन्तत: दलालहरुको कब्जामा नेपाली जमिन पर्न पुग्नु , हत्याहिंसा , बलात्कार , घुसखोर , तस्करको संजाल तयार पार्नु , करको भारले श्रमजीवि जनसमुदायलाई थिचेर उनीहरुलाई राजनीतिवाट बिमुख तुल्याईएको छ भने नदीनाला , बहुमुल्य धातुयुक्त पहाडहरु , बनजंगल लगायतको नाभिकिय मौलिक सम्पदा बिदेशीलाई सुम्पेर देशलाई कंकालीकरण गर्दै अधुनिकताको नाममा अमेरिकी एमसीसी ,एसपीपीलाई देश सुम्पनु र भारतीय नागरिक हुलेर नेपाललाई एकादेशको कथामा परिणत गर्ने जुन भयानक अनिष्टकारी ग्राईनडिजाईन सवार भैरहेको छ । त्यसैलाई कार्यान्वयन गर्न अनुमति दिने उचित अबसरको रुपमा मंसीर ४ को कथित संसदीय निर्वाचन हुदैछ । आदरनिय न्यायप्रेमी जनसमुदाय , विशेषत: मतदाताहरुले प्रलोभनमा परी दलालहरुलाई भोट हालेर आफ्नै चिहान नखनौं । होसियार ! तपाईहरुले गर्ने क्षणभरको गंभिर गल्तिले भावी सन्ततिको भविष्य र नेपाल राष्ट्रको स्वाधिनता धरापमा पर्दा सचेत मानिसहरुले रगतको खोलो बगाउन बाध्य हुने स्थिति आईलाग्नेछ । ती सच्चा सपुतहरु आखिर तपाईहरुकै आफन्त हुनेछन । तसर्थ सर्वाधिक गन्हाएका संसदवादी दलका विचारहिन थोत्रा , असफल नेताहरुलाई भोट होईन खारेजको सामुहिक चोट दिऔं । यी भुस्याहाहरुलाई गाउँ-गाउँ गल्ली-गल्लीबाट नलेखेटेसम्म नयाँ पुस्ताले नयाँ र स्वाधिन नेपाल निर्माण गर्न सक्ने छैन । यो कुरा तितो झैं लाग्ला ! परन्तु, संघ र प्रदेशको चुनाव खारेज गर्नु नै नेपाल र नेपालीको हितमा हुने कुरामा दृढता जाहेर गर्न सकिन्छ । यसको बिकल्प बैज्ञानिक समाजवाद र जननिर्वाचन प्रणाली लागू गर्नु र भिजन सहितको जननेता चुनेर सम्मुन्नत नेपाल निर्माण हामी नेपालीहरुको दायित्व हो । विचारणिय बिषय के हो भने जनक्रान्ति पुरा नहुदासम्म चुनावको नौटङ्की पाँच-पाँच वर्षमा दोहोरिरहनेछ त्यसलाई खारेज गर्दै, मुख्य कुरा अबैज्ञानिक मात्र होईन जनबिरोधी र राष्ट्रबिरोधी साम्राज्यवादको चरणभरणसिद्ध दलाल संसदीय ब्यबस्थाको समुल नष्ट गरी आमूल परिवर्तन बिना नेपाल र नेपालीको उन्नतिप्रगती नहुने कुरा गहिरो गरी बुझौं । मक्किएको तर रंगरोगनले सिंगारिएको दलाल संसदीय ब्यबस्थालाई कमजोर पार्ने एउटा सशक्त धक्का मंसीर ४ को कथित संघ प्रदेशको निर्वाचन खारिजी हो भन्ने बुझौं । त्यही बुझाई सहिसाबित हुनेछ र राष्ट्रवादी कदम र जनहितकारी सोच हुनेछ । तसर्थ दलालहरुलाई अमूल्य भोट दिएर जिताउनु भन्दा चुनाव खारिज नै जनता र राष्ट्रको पक्षमा छ ।
प्रतिक्रिया दिनुहोस्