१४ बैशाख २०८१, शुक्रबार

चितवनमा चुनाव खारेज अभियान अन्तर्गत विभिन्न ठाउँमा विरोध र्याली र कोणसभा

0

नेपाल कम्युनिष्ट पार्टीको सम्पन्न नवौं महाधिवेशनबाट पारित निती तथा योजना अन्तर्गत “कथित प्रदेश र संघीय चुनाव खारेजी अभियान” देशैभर विरोध र्याली र कोणसभा गर्दै सम्पन्न भएको छ । यसै क्रममा चितवनमा पनि विभिन्न स्थानमा विरोध र्याली र कोणसभाको हस्तक्षेप गर्दै नेकपा चितवन अनवरत आन्दोलनमा उत्रिएको छ।

चितवनको माडी नगरपालिकामा कार्तिक १६ गते बसेको नेकपा चितवनको बैठकले विभिन्न आन्दोलनको स्वरुप तथा योजना पारित गर्दै उक्त दिन चितवन पार्टीको उत्पादित धानबाली काटि सबै नेता तथा कार्यकर्ताहरुले जनश्रममा सहभागी जनाएका थिए।

कार्तिक २२ गते नारायणगढको पुल्चोकबाट सुरू “कथित प्रदेश र संघीय चुनाव खारेजी अभियान” विशाल र्याली र कोणसभा गर्दै आम जनसमुदायको बिच सम्पन्न भएको थियो। उक्त कोणसभालाई नेकपा चितवनको सेक्रेटरी रुद्र सीले सम्बोधन गर्दै कथित मंसिर ४ गते हुने भनिएको चुनाव दलाल, भ्रष्ट र गुण्डा उत्पादन गर्ने भाँडो भएको र आम जनताको (किसान, मजदुर, मध्यम वर्ग, विध्यार्थी, युवा) गाँस, बास, कपास, स्वाथ्य, शिक्षा र सुरक्षाको कुनै सुनिश्चित नभएको यस्तो असफल व्यवस्थाको चुनावमा नजान र घर, गाउँ, शहरबाट नै बहिष्कार गर्न र उक्त व्यवस्था विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्थाको जनमत संग्रहमा जान सम्पुर्ण आम जनसमुदाय, देशभक्त नागरिक, युवा, व्यवसायी, किसान, मजदुर लगायतले दवाब दिनुपर्ने बताएका हुन्। त्यसैगरी उक्त दिन जुगेडीमा समेत विरोध र्याली गरिएको थियो।

यसैगरी कार्तिक २३ गते भरतपुरस्थित चनौली बजारमा नेकपा नेता तथा जनस्वास्थ्य महासंघका महासचिव डा. प्रकाश चन्दले सम्बोधन गर्नुभएको थियो । उक्त विरोध र्याली र कोणसभालाई सम्बोधन गर्दै बन्दुक र सत्ताको आडमा सबै युवाहरुलाई नामेठ पार्न सकिन्छ, किन्न सकिन्छ, सबैलाई निशेध गर्न सकिन्छ भन्नु दलाल शासकहरुको एकछिनको मुतको न्यानो मात्र हो भन्दै उक्त व्यवस्था विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था को जनमतसंग्रमा जानुपर्नेमा तर दलालहरु आत्तिएर, डराएर आफ्नो लुटी खाने भाँडो खोसिने र भ्रष्ट दलालको अस्तित्व सकिने डरले पुन चुनावको बाहानामा देशलाई कंगाल र अमेरिका इन्डियाको उपनिवेश बनाउन लागी परेका देशद्रोही दलाल एजेन्टहरुलाई भोट होइन जुत्ता र कालोमोसो दलेर लखेट्न पर्ने समय आएको बताएका हुन् ।

यसैगरी कार्तिक २४ गते भरतपुरस्थित पार्वतिपुर, २५ गते रत्ननगरको टाडी चोक, खैरहनीको पर्सा बजार र राप्ती चोक, कार्तिक २६ गते कालिकाको खोलेसिमल बजारमा भएको कोणसभालाई नेकपा केन्द्रीय सदस्य क. उत्सव सीले सम्बोधन गर्दै नेपाल देश दलालहरुलाई भ्रष्टचार, लुटपाट, छलकपट गर्ने प्रयोगशाला मात्र भएको बताए। उनले यस्तै हो भने देशको राष्ट्रियता, सार्वभौमिकता अस्तित्व नै धरापमा पर्न सक्ने बताउदैं उक्त राष्ट्रिय स्वाधीनताको रक्षाको निमित्त आम जनसमुदाय एक हुनुपर्ने र असफल संसदीय व्यवस्थाको चुनाव बहिष्कार गर्न र वैज्ञानिक समाजवादी व्यवस्था को जनमतसंग्रमा जानुपर्ने बताएका हुन्। यसैगरी क्लबचोक र शक्तिखोर बजारमा समेत कोणसभा गरिएको थियो।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा भने विरोध जुलुस समेत गरिएको थियो। कार्तिक २८ गते माडी नगरपालिकामा बाईक र्याली सहित विरोध कोणसभा गर्दै सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।