२२ बैशाख २०८१, शनिबार

कपिलवस्तु, सिन्धुपाल्चोक र काभ्रेमा नेकपाले निकाल्यो मसाल जुलुस

0

नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संसदीय चुनाव खारेजीको माग गर्दै भव्य रूपमा मसाल जुलुस निकालेको छ ।

पार्टीले बुधबार साँझ कपिलवस्तुमा मसाल जुलुस निकालेको हो । कपिलवस्तुको पूर्व बर्डगाउँ र पश्चिम बिजय नगर गाउँपालिकामा पनि भव्य मसाल जुलुस सम्पन्न भएको जिल्ला सचिव कमल सीले जानकारी दिनु भएको छ ।

यस्तै मंसिर ४ गते हुने संसदीय चुनाव खारेजीका लागि नेपाल कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक र काभ्रेमा पनि बुधबार साँझ मसाल जुलुस निकालेको बताइएको छ ।
मसाल जुलुसमा प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न चुनाव खारेज गरौं, नो भोट जनताको अधिकार हो, हामी मतपत्र खाली पठाउँछौँ, एम.सि.सि. सम्झौता खारेज गर, भूमण्डलिकृत साम्राज्यवाद मूर्दावाद, संसदीय व्यवस्था मूर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नाराहरु लगाइएका थिए ।   

नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाको आयोजनामा कार्तिक ३० गते भब्य मशालजुलुस सम्पन्न भएकोछ । मंसिर ४ गते हुने संघ र प्रदेशको कथित निर्वाचन खारिजी अभियानको क्रममा जनसमुदायमा प्रचार प्रसार र सचेत पार्ने उद्देश्यले उक्त मशालजुलुस सम्पन्न भएको हो । मशला जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै क प्रकाश सीले राष्ट्रघाती एमसिसी र एसपीपी कार्यान्वयन गराउन दलालहरुलाई चुन्ने निर्वाचन खारिजीमा सबै जनता सक्रीय हुन आव्हान गर्नु भयो ।   उक्त कोणसभाको संचालन क प्रशान्त सी ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।