२६ बैशाख २०८१, बुधबार

संसदिय चुनाव विरुद्ध काठमाडौँका विभिन्न ठाउँमा दौड मसाल जुलुस

0

काठमाडौँ: मङ्सिर ४ गते हुन लागेको संसदिय चुनाव जनविरोधी र एमसीसीमार्फत नेपाललाई भूराजनीतिक जटिलतातर्फ फसाउन दलाल प्रतिनिधि तयार पार्ने उदेश्यले हुन लागेकोले यो चुनावको बहिष्कार/खारेज गर्नु पर्ने कार्यनीति लिएको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा दौड जुलुससहित मशाल जुलुस गरेको छ ।

चुनावको जनविरोधी चरित्र प्रष्ट पार्न विभिन्न प्रचारात्मक काम गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले  बिहीबार  काठमाडौँका विभिन्न स्थानहरूमा दौड जुलुससहित मशाल जुलुसको कार्यक्रम गरेको हो ।
काठमाडौँ महानगरको ठहिटी चोकदेखि असनसम्म नारा जुलुस गर्दै दौड जुलुस गरिएको नेकपा नेता राज काफ्लेले जानकारी दिएका छन् ।
त्यसैगरी नागार्जुन नगरपालिका र चन्द्रागिरीको थानकोटमा युवा संगठन नेपालका जिल्ला अध्यक्ष छेवे शेर्पा सहितको उपस्तिथिमा मशाल जुलुस गरिएको हिरा लामाले बताएका छन् । दलाल संसदिय व्यवस्था मुर्दावाद, एमसिसि चाहिदैन, तथाकथित चुनाव खारेज गरौँ जस्ता नारा लगाउँदै काठमाडौँका अन्य विभिन्न एरियाहरुमा समेत चुनावको विरोध स्वरुप मशाल जुलुस गरिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।