१६ चैत्र २०८०, शुक्रबार

चुनाव खारेजीको लागि बुटवलमा मसाल जुलुस

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले मंसिर ४ गते हुने कथित निर्वाचनलाई खारेजीको लागि रुपन्देहीको बुटवलमा मसाल जूलूस सम्पन्न गरेको छ।
जनभेटघाट, प्रचारप्रसार, भित्तेलेखन, पर्चा वितरण कोण सभा,भण्डाफोर सभा गर्दै बिहिवार मसालजुलुस सम्पन्न गरेको छ ।
ईट्टाभट्टिबाट सुरुभएको मसाल जुलुस तिनकुनेमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेलालका केन्द्रीय कोषाध्यक्ष विश्लेषण सीले मंसिर ४ को संघ र प्रदेशको कथित निर्वाचनको मतपत्र र मतपेटीकालाई खरानिमा परिणत गर्नुपर्ने बताए ।
उनले दलाल संसदीय व्यवस्थाले नेपाली जनतालाई अन्तरघात गर्दै अभावपुर्ण जीवन जिउन बाध्य बनाउँदै आफ्नो परिवार व्यवस्थापन गर्न दुईतहको निर्वाचन गर्न लागेकोले यसका विरुद्ध दशैभरि संसदीय निर्वाचन सशक्त राखेजीकोलागि मसाल जुलुस बालेको बताए ।
मसालजुलुसमा करिब ९० र १०० जनाको संख्यामा उपस्थित नेकपाका नेता तथा कार्यकर्ताले चुनाव खारेजीको नाराहरु लगाउँदै कथित दलाल सत्ताको निर्वाचन खारेज गरौं, दलाल पुंजिवाद मुर्दावाद,साम्राज्यवाद मुर्दावाद,बैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद,दलाल सत्ताको कथित निर्वाचन धोका हो भन्दै नाराजुलुस गरेका थिए ।
पार्टी केन्द्रीय समितिको चुनाव खारेज गर्ने निर्णय अनुसार देशैभरी विभिन्न प्रकारका संघर्षका कार्यक्रम भैरहेका छन् यसैक्रममा रुपन्देहीले पनि कथित संसदीय चुनाव खारेज अभियानलाई तिब्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।