६ बैशाख २०८१, बिहीबार

पतित सरकार

0

आँखा छ देख्दैन
कान छ सुन्दैन
अन्धो, बहिरो जस्तो चाल गरेर
जनताको रगत पसिना लुटिरहन्छ ।
महङ्गीले आकाश छुदा
भ्रष्टाचारले जताततै डुङ्डुङ्ती गन्नाउँदा
सयौं नारीहरु बलात्कारको सिकार बन्दा
अभावै अभावले जनता छटपटिदा समेत
हेरि बस्छ
लाटोले केरा हेरे जस्तै ।
व्यवस्था परिवर्तनको पक्षमा
सडकमा जनता उर्लिदै गर्दा
सत्ता र शक्तिको आडमा
लुटेरा व्यवस्था जोगाउन
कथित निर्वाचनको पगरी भिरेर
अझै आफ्नो निकृष्ट मुकुन्डोको प्रचार गरि रहेछ
पतित सरकार ।
(लेखक: जोशी अखिल ( क्रान्तिकारी ) को केन्द्रिय सचिवालय सदस्य हुन्)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।