७ बैशाख २०८१, शुक्रबार

नेकपा केन्द्रीय प्रतिनिधि सदस्य मगर पक्राउ

0
काठमाण्डौ । चुनाव खारेजको कार्यनीति लिएर देशैभरी भण्डाफोरसभा सहित जनपरिचालन र प्रचारात्मक संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा जन गणतान्त्रिक मञ्च नेपालका अध्यक्ष रत्न मगर  पक्राउ परेका छन ।
 
शान्ति सुरक्षाको नाममा धरपकड, गिरफ्तारी र खानतलासी गर्दै त्रास र भयको बाताबरण बिच मङ्सिर ४ गते हुन लागेको चुनावको मिति नजिकिदै गर्दा स्वास्थ्य स्थिति खराव भएको अवस्थामा कार्तिक २गते अपरान्ह २वजे तिर काठमाण्डौं कोठा नजीक चिया पसलवाट अध्यक्ष मगरलाई गिरफ्तार गरिएको जानकारी प्राप्त भएको छ ।
 
 
काठमाण्डौं कोठा नजीक चिया पसलवाट गिरफ्तार मगरलाई कहाँ लिइयो र के कारणले पक्राउ गरियो भन्ने बारे उनका परिवारलाई समेत थाहा दिइएको छैन ।
 
चुनाव जस्तो नितान्त लोकतान्त्रिक कार्यमा जनताको व्यापक सहभागिता र उल्लासमय बाताबरण हुनु पर्नेमा धरपकड र गिरफ्तारी बढ्दै जानु भनेको राज्यको गैरजिम्मेवारीपन र हतोत्साहित मानसिकताको उपज हो भन्दै सचेत नागरिकहरुले धरपकड र गिरफ्तारीको आलोचना गरेका छन ।
 
 
 
मगरका आफन्तहरुले के कति कारणले उनलाई पक्राउ गरिएको हो भन्ने बारे पक्राउ पुर्जि दिएर मात्रै थुन्न पाइन्छ तर राज्यले यसरी पक्राउ गर्नु भनेको गैरकानुनी समेत हो भन्दै चिन्ता व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।