१३ बैशाख २०८१, बिहीबार

अखिल(क्रा)का महासचिव ललित सहित पाँच विद्यार्थी आज रिहा

0
काठमाडौ । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )का महासचिव ललित बिश्वकर्मा सहित पाँच जना विद्यार्थी आज रिहा भएका छन ।
 
 
आइतबार सम्पन्न संसदिय चुनावको पुर्वसन्ध्यामा शान्तीसुरक्षाको कारण देखाउदै उनिहरुलाई काठमाडौ प्रहरीले प्रकाउ गरि आज रिहा गरेको हो । रिहा हुनेहरुमा क्रान्तिकारीका महासचिव ललित बिश्वकर्मा, क्रान्तिकारी विद्यार्थी काठमाडौ अध्यक्ष हस्त बहादुर बिश्वकर्मा, राजकुमार पल्वार,लक्षमण पनेरु र विद्यार्थी नेता नरेश विश्वकर्मा रहेका छन ।
 
उनिहरुमध्ये महासचिव ललित विश्वकर्मालाई ललितपुर स्थिति उनको कोठाबाट गिरफ्तार गरिएको थियो, राजकुमार पल्वार र पनेरुलाई किर्तिपुरबाट पक्राउ गरिएको थियो भने हस्त विश्वकर्मा र नरेश बिश्वकर्मालाई बानेश्वरबाट पैदल यात्रा गरिरहेको बेला मङ्सिर ३ गते पक्राउ गरिएको कुरा क्रान्तिकारी सम्बद एक विद्यार्थी नेताले जानकारी दिएका हुन ।
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।