१६ चैत्र २०८०, शुक्रबार

नेकपाद्वारा ललितपुरका भिमलाल महर्जनको निधनप्रति हार्दिक श्रद्धाञ्जली

0

ललितपुर: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरका सल्लाहकार सदस्य तथा जनक्रान्तिका अथक योद्धा भिमलाल महर्जनको आइतबार हुन गएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाले श्रद्धाञ्जलीसहित समवेदना व्यक्त गरेको छ ।
पार्टी इन्चार्ज हितमानद्वारा सोमबार जारी एक शोक वक्तव्यमार्फत महर्जनप्रति श्रद्धाञ्जली र उनका आफन्तहरुमा समवेदना प्रकट गरिएको हो ।
   ललितपुर महानगरपालिका वडा नम्बर १८ निवासी ६२ वर्षिय महर्जनको निधनले नेकपा ललितपुर र समग्र कम्युनिस्ट आन्दोलनप्रति नै नकारात्मक र अपुरणीय क्षति पुग्न गएको तथा उहाँको मृत्युको खबरले पार्टीलाई स्तब्ध बनाएको भन्दै जिल्ला इन्चार्ज हितमानद्वारा शोक वक्तव्यमा भनिएको छ,-” ललितपुर जिल्ला कमिटीका सल्लाहकार सदस्य, समग्र कम्युनिस्ट आन्दोलन र एकीकृत जनक्रान्तिका अथक योद्धा, ललितपुर महानगर १८ निवासी वर्ष ६२ का भिमलाल महर्जन २०७९ मङ्सिर ५ गते दिवङ्गत हुनु भएको खबरले हाम्रो पार्टी स्तब्ध भएको छ।यसबाट पार्टी र कम्युनिस्ट आन्दोलनलाई अपुरणिय क्षति पुगेको छ।यस दु:खद घडिमा दिवङ्गत भिमलाल महर्जन प्रति पार्टी श्रद्धाञ्जली व्यक्त गर्दछ।साथै उहाका आफन्तहरुमा समवेदना प्रकट गर्दछ।” 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।