१३ बैशाख २०८१, बिहीबार

नेकपाद्वारा काठमाडौँमा पार्टी पुनर्गठन दिवस मनाइदै

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले भाेलि मंसिर ८ गते देशव्यापी विभिन्न रचनात्मक कार्यक्रमसहित नवौँ पार्टी पुनर्गठन दिवस मनाउने भएको छ ।
काठमाडौँ उपत्यकामा भने शुभकामना अदनप्रदान तथा प्रशिक्षण कार्यक्रम गर्दै पुनर्गठन दिवस मनाउने निर्णय भएको छ ।
आज सम्पन्न काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा कार्यरत पार्टी इन्चार्ज तथा सेक्रेटरीहरुको बैठकले मङ्सिर ८ गते कमलादीस्थित युनिग्लोवल कलेजको हलमा बिहान ११ बजेबाट कार्यक्रम शुरु हुने गरी पुनर्गठन दिवस मनाउने निर्णय गरेको हो ।
मोहन वैद्य किरण नेतृत्वको तत्कालीन नेकपा माओवादी पार्टीले नेपाली क्रान्तिको राजनैतिक र सामरिक कार्यदिशाबारे प्रष्ट दृष्टिकोण निर्माण गर्न नसकेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशासहित क्रान्तिकारी पार्टी निर्माण भएको दिनलाई नेकपाले दिवसको रुपमा मनाउँदै आएको छ । मङ्सिर ८ गते काठमाडौँमा हुने शुभकामना आदनप्रदान कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, शहिद परिवार, घाइते योद्दा र सञ्चारकर्मी सहितलाई निमन्त्रणा समेत गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।