१३ बैशाख २०८१, बिहीबार

नेकपा कपिलवस्तु को नगर र गाउँ कमिटी को बैठक सम्पन्न

पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय

0

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

नेकपा कपिलवस्तुको मंगलबार बसेको नगर र गाउँ कमिटी को बैठकले मंसिर ८ गते पार्टीको पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउने बताएको छ।

नेकपा कपिलवस्तुले पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाव्यापी दिप प्रज्वलन, शुभकामना आदानप्रदान, टीका आदानप्रदान, जवस/मोर्चाको  आयोजनामा विभिन्न रचनात्मक कार्यक्रम गर्ने। यस्तै पार्टीका नेता-कार्यकर्ता । कार्यकर्ताका परिवारसहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने नेकपा कपिलवस्तुले जनाएको छ ।

२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाउदै आएको थियो । जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा गौरव पुर्ण र अबस्मनिय छ ।

अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बन्न गएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।