२६ बैशाख २०८१, बुधबार

नेकपाले आज नवौं पार्टी पुनर्गठन दिवस देशव्यापी रूपमा मनाउँदै

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले आज मंसिर ८ गते देशव्यापी विभिन्न रचनात्मक कार्यक्रमसहित नवौँ पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

आज भन्दा ९ वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाउन लागिएको हो ।
ऐतिहासिक नवौं पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ! एकीकृत जनक्रान्तिको दिशामा अघि बढौँ!! भन्ने नारासहित नेकपाले देशव्यापी जिल्ला जिल्लामा नवौं पार्टी पुनर्गठन दिवस मनाउन लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्ध सङ्गको नेपाली जनताको प्रधान समस्या हल गर्न संघर्षको दिशामा अघि बढिरहेको छ भने उता मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नौलो जनवाद र जनसंघर्षको कुरा गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।