१५ बैशाख २०८१, शनिबार

पार्टी पुनर्गठन दिवसमा सल्यानीहरु यसरी नाचे, गाए, रमाए

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी पुर्नगठन भएको नवाैं वर्षको अवसरमा सल्यानमा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी, सल्यान जिल्ला समितिकाे आयोजनामा साे विशेष कार्यक्रम भएको हाे ।
जिल्लाकाे छत्रेश्वरी गाउँ पालिकाकाे झिम्पेमा सम्पन्न भएको पार्टीकाे नवाैं पुनर्गठन दिवसका अवसरमा आयाेजित साे विशेष कार्यक्रममा प्रमुख वक्ताकाे रुपमा कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय सदस्य सविन सीले नेपालमा राष्ट्रघात गर्न र देशबेच्न विभिन्न रुप र रङ्गका पात्र र मानिस आइरहेको बताउनु भयो । विभिन्न रुप र रङ्गका मानिस र पात्रहरुबाट देशमा पटक पटक राष्ट्रघात भएको भन्दै उहाँले भन्नुभयो, ‘हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनबाट शंख घण्ट बजाउदै केही नयाँ खालका दलाल र विदेशी एजेण्टहरु देखा परेका छन्, यिनिहरुले देशमा थप राष्ट्रघात गर्नेछन्।’
साे दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनमा विजयी भयाैं भनेर कसै कसैले जिल्लाभित्र गर्न लागेको विजय जुलुस खासमा जनताको विजय जुलुस नभएर साे व्यवस्था अन्त्य हुदै गरेकाे जुलुस भन्दै उहाँले अगाडि भन्नू भयो, ‘अहिले कसैले विजयी भयाैं भनेर जुलुस निकाल्दै हाेलान् तर त्यो जुलुस संसदीय व्यवस्थाकाे मलामी जुलुस हाे।’
पार्टीद्वारा आयोजित साे बिशेष कार्यक्रममा सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सीले नेपालकाे विकास र उन्नतिका लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको बताउनु भयो । उहाँले भन्नू भयो, ‘नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै याे देशको विकास सम्भव छ।’
कार्यक्रम बाेल्ने बक्ताहरुले हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे आवधिक निर्वाचनमा पार्टीको राजनीतिक आव्हानमा नेपालकाे इतिहासमै सबैभन्दा कम जनसहभागिता भएर जनताको मनबाट साे कथित निर्वाचन खारेज भएको बताए । पार्टीले संचालन गरेकाे ‘दलाल पुँजिवादी संसदीय निर्वाचन खारेज तथा जनजागरण अभियान’काे राजनीतिक प्रभावकाे कारण कर्णाली प्रदेशमा सबैभन्दा कम जनसहभागिता सल्यानमा भएर वास्तविक जनताको मनबाट साे दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचन मात्रै हाेइन स्वयं दलाल पुँजिवादी संसदीय व्यवस्था नै खारेज भएको कार्यक्रममा बाेल्ले बक्ताहरुले बताए ।
कार्यक्रममा २०५८ साल मंसिर ८ गते जनमुक्ति सेना घाेषणा भएको दिन देश र जनताको लागि जनयुद्धमा लड्दा लड्दै विरगति प्राप्त गरेका महान् सहिद खिम बहादुर बुढा ‘विजय’ र अरु सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिद कमरेड विजयकाे तस्बिरमा माला पहिर्याएर अबिर आवरण गरिएको थियो ।
पार्टी पुनर्गठन दिवसकाे अवसरमा आयोजित साे बिशेष कार्यक्रममा सहभागीहरुबिच एकाअर्कालाई अबिर आवरण गरिएको थियो भने कार्यक्रममा उत्साहित रुपमा सहभागी जनता तथा युवाहरु नाचगान गरेर रमाएका थिए। कार्यक्रममा जिल्लाका विभिन्न सहिद परिवार तथा आफन्तहरुकाे सहभागीता रहेको थियो ।
पार्टी पुनर्गठनकाे अवसरमा आयाेजित साे बिशेष कार्यक्रम पार्टीका जिल्ला सचिव कमरेड मदन सीकाे अध्यक्षतामा भएको थियो । कार्यक्रमकाे संचालन जिल्लाका सचिवालय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमरेड प्रकाश सीले गर्नु भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई कमरेड शेर बहादुर सीले स्वागत मन्तव्य दिएर स्वागत गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।