१५ चैत्र २०८०, बिहीबार

कपिलवस्तुमा शुभकामना आदानप्रदान एवम् राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाको आयोजनामा आज जिल्लाको तीन ठाउँमा पार्टीको ९ औं पुनर्गठन दिवसको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमसँगै पार्टी सदस्य सम्मको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पश्चिम क्षेत्रको कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय शिवगढी, पुर्वी क्षेत्रको कार्यक्रम चार नम्बर बाणगंगा सम्पन्न भएको छ ।
मध्य क्षेत्रको कार्यक्रम अध्यक्षता नगर सेक्रेटरी पाबेल सि, प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सुशील सि, अतिथिहरु केन्द्रीय सदस्य सुनिल सि, ममता सि उपस्थितिमा सम्पन्न भएको छ।
पश्चिम क्षेत्रको कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य बिजय सी रहेका थिए । अन्य अतिथिहरु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जुझारू सी, पार्टीका वैकल्पिक केन्द्रीय सदस्यहरु सुदर्शन सी र रेडिएम सी रहेका थिए । साथै पुर्वी क्षेत्रको कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्यूरो सदस्य संजिव सी र कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी कमल सी गरेका थिए । त्यस्तै मध्य क्षेत्रको कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सुशील सी, अन्य अतिथिहरुमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सुनिल सी, अ.ने.म. संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य ममता सी रहेका थिए । पार्टीको आज ९ औं पुनर्गठन दिवस मात्रै नभएर २२ औं जनमुक्ति सेना दिवस पनि हो ।
२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाएको थियो ।
जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा गौरवपूर्ण र अवस्मरणीय छ। अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।