१५ बैशाख २०८१, शनिबार

धादिङमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम

0

धादिङ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी धादिङ र डी वानले शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले मोहन वैध किरण नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट बिद्रोह गरि नयाँ कार्यदिशा र नयाँ पार्टी निर्माण गरेको दिनलाई स्मरण गर्दै देशव्यापी पुनर्गठन दिवस मनाउने कार्यक्रम अन्तर्गत धादिङ र डी वान ले शुभकामना आदानप्रदानसहित प्रशिक्षण कार्यक्रम गरेका हुन् ।
बिहिबार धादिङ जिल्लाको महादेववेशिमा भएको प्रशिक्षण तथा शुभकामना कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, केन्द्रिय स्कुलिङ्ग विभाग सदस्य तथा युवा नेता बिपिन सी ले कार्यक्रममा मन्तव्य राख्दै हालै सम्पन्न नवौँ महाधिवेशनको भाव सम्प्रेषण र आगामी योजनाबारे प्रशिक्षण गरेका थिए । त्यस्तै कार्यक्रममा डी वन सेक्रेटरी पेमा सी ले समेत मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए।
संयुक्त शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यक्रममा नेकपा धादिङ सेक्रेटरी सिर्जनले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य शितलले गरेको धादिङ स्थित नेकपाका स्थानीय नेताले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।