१० श्रावण २०८१, शुक्रबार

जनताको कठघरामा सत्य र असत्यको फैसला हुनेछ: सुमनसिंह सि

0

इलाम: इलाममा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको नवौं पुनर्गठन दिवस धुमधामका साथ मनाएको छ । आज बिहानैदेखि विभिन्न कार्यक्रम गर्दै सुरु भएको दिवश साँझ इलामको मुख्य चोक बजारमा दिप प्रज्वलन पछि कोण सभा गर्दै समापन गरेको थियो ।

बिहान पार्टी पुनर्गठन दिवश भव्यतापुर्वक मनाऔं भन्ने नारा लेखिएको ब्यानर बजारमा टांगेको थियो । दिंउसो प्रशिक्षण कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो भने सांझ दिप प्रज्वल गरेको थियो ।

शुभकामना आदानप्रदान र प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंह सि प्रमुख अथिति थिए । उनले प्रशिक्षणमा देशको बदलिदो राजनितिक स्थिती, चुनाव खारेज अभियान, पार्टी माथिको दमन, आगामी संभावना र पार्टिले आगामी दिनमा खेल्नु पर्ने भुमिकाको विषयमा भनाई राखेका थिए । उनले अमेरिकीहरु नयाँ अनुहार मार्फत सत्ताको चाबी आफ्नै हातमा राख्न उद्धत भएको बताए । उनले एमसिसी, एसपिपी जस्ता रास्ट्रघाती कदमहरु कार्यन्वयन गर्न र यो देशलाई युक्रेन पथमा धकेल्न संसदिय राजनीतिमा उदाउन खोजेका नयाँ अनुहारहरुलाई प्रयोग गरेर साम्राज्यवाद आएको बताए । उनले सचेत हुनेबेला आएको बताउँदै, आफ्नो पार्टीले धेरै ठूलो भुमिका खेल्नु पर्ने समय आएको बताए । सुमनसिंह सिले इलामको चोक बजारमा गर्जिंदै भने, ‘मुख्य बहस यतिबेला यो लुटेरा ब्यवस्था कि बैज्ञानिक समाजवाद यहाँ हुनु पर्ने हो, तर दलालहरुले मुख्य बहसलाई ओझेलमा पारेर घण्टि बजाउन थाले ।’
उनले अहिले जनताको बिद्रोही चेतलाई, परिवर्तनको आकांक्षालाई मोड्न अमेरिकाले न्वारान देखिको बल लगाईरहेको र पार्टी माथी ईलाममा दमन गर्न खोजिएको बताए।
उनले प्रशासनलाई चेतावनी दिदै भने, ‘हामी माथिको दमन कसको उक्साहटमा हो ?’
जनताको आवाज दबाउन पत्रकार समेत लागेको बताउंदै पत्रकार देशद्रोही हरुको मतियार बन्ने कुरा राम्रो नभएको बताए । सिंहले जनताको कठघारामा सत्य र असत्यको फैसला हुने बताउँदै आफुहरु माथी दमन गर्ने सपना नदेख्न खुल्ला चुनौती दिएका छन् ।

कार्यक्रमको अधक्षता पार्टीका जिल्ला सचिव अविनाशले गरेका थिए । प्रशिक्षण कार्यक्रमको संचालन मदन सि ले गरेका थिए भने दिप प्रज्वलनमा हुकुम सि ले संचालन गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा पार्टिका जिल्ला सदस्यहरु बिनोद सि, गोपि सि, हुकुम सि र नवराज सि ले शुभकामना मन्तव्य राखेका थिए । नेकपा ईलामले पार्टिका महासचिव , सचिबालय, सिंगो केन्द्रिय समिती, देशै भरिको पार्टी पंक्ती , देश बिदेशमा रहनु भएका न्यायप्रेमी जनसमुदाय र सबै जनतालाई नवौं पुनर्गठन दिवशको शुभकामना दिंदै क्रान्ती पूरा गरिछाड्ने संकल्प गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।