१९ बैशाख २०८१, बुधबार

नेकपा मकवानपुरद्वारा पार्टी पुनर्गठन दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि नवौं पार्टी पुनर्गठन दिवस मनाएको छ । कार्यक्रमकै बिचमा मनहरी-४ का युवाहरुले पार्टी प्रवेश पनि गरेका थिए ।

प्रचण्ड नेतृत्वको माओवादी पार्टी संसदीय भासमा फसेपछि २०६९ मा मोहनवैद्य किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्दै अघि बढेको थियो । लगत्तै किरणले पनि पार्टीलाई सहि दिशामा लैजान नसक्ने भएपछि २०५७ साल मंसिर ८ गतेको जनमुक्ति सेना दिवसको अवसर पारी नेकपाको बाँकी कार्यभार पूरा गर्ने उद्देश्य सहित नेत्रबिक्रम चन्द (विप्लव सी) को नेतृत्वमा २०७१ साल मंसिर ८ गते पार्टी पुनर्गठन भएर निरन्तर अघि बढिरहेको छ । पार्टी पुनर्गठन भइ नवौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

मनहरी-२, घट्टेपाखामा भएको कार्यक्रममा अतिथिगण लगायत सम्पुर्ण उपस्थित जनताबिच एक अर्कामा अबिर लगाउँदै, चकलेट वितरण गर्दै शुभकामना आदानप्रदान गरि खुसियाली मनाएका छन् । कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी सन्देश सीले कम्युनिस्ट आन्दोलनको बाँकी कार्यभार पूरा गर्ने उद्देश्यले अघि बढेरहेको नेपाल कम्युनिस्ट पार्टीसँग हातेमालो गर्दै जनसत्ता निर्माण गर्ने महान कार्यमा जुट्न सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् । साथै विशेष अतिथि राम सीले भर्खरै सम्पन्न भएको संघ र प्रदेश सभाको चुनावमा भोट नहाल्ने र बाध्यताले भोट हाल्नु परेका जनसमुदायले पनि यो दलाल राज्यसत्ता र यसको संरक्षक कथित जनप्रतिनिधिहरुबाट कुनै आशा नराखेको भन्दै जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भइ अघि बढ्न अनुरोध सँगै गरे सँगै पार्टी पुनर्गठन दिवसको शुभकामना दिएका छन् ।

बिहिबार भएको शुभकामना आदानप्रदान कार्यक्रमकै बिचमा मनहरी-४ का दुई युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । देशको श्रोतसाधनको व्यापार गर्दै लुटिखाने जनतामारा संसदीय पार्टीप्रतिको वितृष्णाको कारण उच्च आशाका साथ नेकपामा प्रवेश गरेका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी सन्देश सी, विशेष अतिथी राम सी सहित अतिथी गणले टीका लगाई स्वागत गरेका छन् ।

कार्यक्रममा पोलिटव्युरो सदस्य सन्देश सीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य राम सीको विशेष आतिथ्यता रहेको थियो भने जिल्ला सचिवालय सदस्य विवेक सी, नागरिक मन्च मकवानपुरका संयोजक केशव सी,सहिद हिरा मोक्तानका बुबा रामशरण मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।बिहान १० बजेबाट सुरु भएको कार्यक्रमको अध्यक्ष पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सी रहेका थिए भने जिल्ला सचिवालय सदस्य तथा मनहरी गापाका सेक्रेटरी गुण सीले कार्यक्रम सन्चालन गरेका हुन् । कार्यक्रम दिउँसो ४ बजे समापन भएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।