६ बैशाख २०८१, बिहीबार

संसदीय व्यवस्था भित्रको चुनावले देशलाई निकास दिदैन यसको विकल्प वैज्ञानिक समाजवाद हो: माइला सी

0

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो तथा केन्द्रिय सदस्य माइला लामाले संसदीय व्यवस्थालाई यो चुनावले उदाङ्गो पारेको बताएका छन् ।
बिहीबार काठमाडौं स्थित कमलादीमा रहेको यूनि ग्लोबल कलेजको सभा हलमा पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यो दलाल संसदीय व्यवस्था भित्रको चुनावले देश र जनताको निकास नदिने बताउँदै यसको विकल्प एक मात्र जनताको व्यवस्था वैज्ञानिक समाजवाद भएको नेकपा केन्द्रिय सदस्य लामाले बताएका हुन् ।
पार्टी पुनर्गठनको दिनलाई सम्झँदै उनले आजको दिन क्रान्तिकारी योद्धाहरूको लागि ऐतिहासिक खुसीको दिन रहेको समेत बताए । आफ्नो पार्टी जनताको मुक्तिका लागि नयाँ विकल्पसहित अगाडि बढेको बताउँदै यो अभियानमा अठोटका साथ लाग्नुपर्ने छ, सबैमा यो पुनर्गठन दिवसको शुभकामना उनले भने ।

अधिवक्ता एकराज भण्डारीले नेपालका तिन करोड जनता मध्ये भोट हाल्न पाउँने उमेर समूहको तथ्याङ्क मात्रै राख्ने हो भने करीब ४० प्रतिशतले मात्रै अहिलेको चुनावमा भाग लिएको बताए । राजनीतिको अन्तराष्ट्रिय सिद्धान्त अनुसार पनि , संसदीय पद्धति होस्, या समाजवादी पद्धति होस् बहुमतको शासन हुन्छ, अल्पमतको हुँदैन र यो संसदीय चुनावमा जनताको न्यून सहभागितामा पनि नेपालका शासकले जनताका शासित गरिरहेको बताए । स्वास्थ्य, शिक्षा सम्पुर्ण जनताका लागि निःशुल्क हुनुपर्छ भन्ने संविधानमा लेखिएको छ । तर कार्यान्वयन कतै भएको पाइँदैन उल्टै शिक्षा, स्वास्थ्यमा सबै भन्दा बढी व्यापारी करण भएको उनको भनाइ थियो ।

उनले भने , “ सबैले निःशुल्क स्वास्थ्य ,शिक्षा पाओस् अदालत सत्य र निष्पक्ष होस् , विकाश होस् तर भ्रष्टाचारले प्रश्रय नपाओस्,बैदेशिक हस्तक्षेप नहोस् र भरपूर ऊर्जा सहित विशाल सम्भावना बोकेको पार्टी नेकपाको नवौं पुनर्गठन दिवसको सबैलाई सुभकामना छ ।”

उक्त अथितिका रूपमा सहभागी श्रमिक मुक्ति मोर्चाका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य रामलाल सि ले एक आपसको खिचातानीले नेपाली क्रान्ति सङ्कटमा रहेको बताए । यो संकटलाई समाधान दिनका लागि आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिलाई लागू गर्नु पर्ने र नवौं महाधिवेशनले हामीलाइ सुम्पेको जिम्मेवारी पूरा गर्नु पर्ने उनले बताए । अहिलेको चुनावमा विजयी भएका स्वतन्त्र उम्मेदवार तथा नयाँ पार्टीहरुले पनि समाधान भन्दा पनि झन् संकट निम्त्याउने छ यिनीहरूले देश र जनताको हितमा काम नगर्ने बताउँदै यी सबै संकटको निकास भनेको हाम्रो कार्यदिशा एकीकृत जनक्रान्ति अर्थात् बैज्ञानिक समाजवाद ले गर्नेछ , नेता रामलालले भने ।
उनले आफ्नो पार्टीले थुप्रै बाह्य र आन्तरिक चुनौतीहरू पार गर्दै नयाँ विचारसहितको क्रान्ति विचार निर्माण भएको आज नवौं बर्षमा प्रवेश गरेको बताउँदै पुनर्गठन दिवसको शुभकामना दिएका थिए।

उपत्यकाका भित्रका ललितपुर,भक्तपुर र काठमाडौँ जिल्लाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम पार्टीका नेता कार्यकर्ता सहितको उपस्थितिमा विभिन्न रचनात्मक कार्यक्रम गरी नेकपाले पार्टी पुनर्गठन दिवस मनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।