१६ चैत्र २०८०, शुक्रबार

नेकपा दैलेखद्वारा नवौं पार्टी पुनर्गठन दिवसकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी दैलेखले नवौं पार्टी पुनर्गठन दिवसकाे अवसरमा आठविस नगरपालिका वडा नं. १ सात्तालामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शुभकामना कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्दीय सदस्य विवेक सि ले नवौं पुनर्गठन दिवसकाे अवसरमा सम्पुर्ण जनसमुदाय, कार्यकर्ता, सहिद परिवार, वेपत्ता परिवार, घाईतेहरुलाई शुभकामना व्यक्त गरे । उनले हालै सम्पन्न सँसदीय निर्वाचन खारेजीमा सहभागी कार्यकर्ता जनसमुदायलाई धन्यवाद दिदै याे व्यवस्थामा जुनसुकै दलले निर्वाचनमा विजय हासिल गरेपनि सरकारमा गएर भ्रष्टाचार गर्ने, महङ्गी बढाउने, राष्ट्रघात गर्ने काम हुने ठाेकुवा गरे । याे व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापन गरेपछि मात्र देशकाे स्वाधिनताकाे रक्षा र जनताकाे मुक्ति हुनेमा जाेड दिए ।
नेकपा दैलेखका सेक्रेटरी प्रकाश सिले पनि शुभकामना मन्तव्य राखेका थिए । नेकपा दैलेखका सदस्य निरक सि,प्रमाेद सि,जनपत्रकार संगठन दैलेखका संयाेजक जगदिश सि,दुर्गा सिकाे उपस्थिति रहेकाे कार्यक्रमकाे अध्यक्षता टिकाराम सि,सँञ्चालन नेकपा दैलेखका सदस्य सुद्रसन सि ले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग जनक सुनार नेकपामा प्रवेश गरेका थिए । उनलाई केन्द्रीय सदस्य विवेक सिले स्वागत गरेका थिए । कार्यक्रममा जनवादी गीत र नृत्य पनि प्रस्तुत गरिएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।