१४ बैशाख २०८१, शुक्रबार

नेकपा केन्द्रीय कार्यालयमा नवौं पार्टी पुनगर्ठन दिवस सम्पन्न

आगामी दिनहरु क्रान्तिकारीहरुको सफलताका दिन हुनेछन् : विप्लव सी

0

नेकपा केन्द्रीय कार्यालयमा नर्वाै पार्टी पुनगर्ठन दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा सम्पूर्ण पार्टी पङ्ति र जनसमुदायमा शुभकामना व्यक्त गर्दै पार्टी महासचिव विप्लव सीले आगामी दिनहरु क्रान्तिकारीहरुको सफलताको दिन हुने बताउँदै त्यसका लागि पार्टीको ऐतिहासिक जिम्मेवारीबोधसहित अविचलित रुपमा पार्टी नीति र एकीकृत जनक्रान्तिमा अघि बढ्न आग्रह गरे । यहि मंसीर ४ गते सम्पन्न निर्वाचन र त्यसको परिणामबारे विश्लेषण गर्दै उनले भने, —संसदीय व्यवस्थाको कथित निर्वाचनले नयाँ दलाल पार्टीहरुको जन्म गराएको तर यस्ता पार्टीहरुबाट देशको समस्या समाधान नहुने बरु देशलाई झनै बढी बर्बादीतिर लैजाने दाबी गरे । त्यसैले राष्ट्रिय स्वाधिनताको लागि सम्पूर्ण देशभक्त, प्रगतिशील, बुद्धिजीवि र क्रान्तिकारी शक्ति र जनसमुदाय एकजुट भई वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्ष गर्न अपिल गरे ।

कार्यक्रम नेकपा स्थायी समिति सदस्य विषम सीले दलालहरुको हस्तक्षेपबाट देश स्वतन्त्र र श्रमजीवि वर्गको पूर्ण मुक्ति नभएसम्म क्रान्तिकारीहरु निरन्तर अघि बढ्न आग्रहसहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सबैले परस्पर अबिर वरणसहित शुभकामना आदानप्रदान गरिएको थियो ।
महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य अडिग सी र स्वागत केन्द्रीय सदस्य विगुलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।