१४ बैशाख २०८१, शुक्रबार

नेकपा ललितपुरद्वारा ६० रोपनी जग्गामा तरकारी उत्पादन गर्ने तयारी

0

ललितपुर: नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिले ६० रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्ने तयारी गरेको छ । आइतबार जिल्ला पार्टी कार्यालय हात्तिवनमा बसेको नेकपा ललितपुर जिल्ला समितिको विशेष बैठकले यस्तो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको उत्पादनसँग जोडेर पार्टीलाई आत्मनिर्भर बनाउने नीति अनुरूप एकिकृत स्वामित्वमा आधारित अर्थ प्रणालीलाई अवलम्बन गर्दै उक्त कार्य अगाडि बढाइएको हो ।
उक्त उत्पादन कार्यमा पचास प्रतिशत पार्टीले र पचास प्रतिशत कर्यकर्ताले लगानी गर्ने गरी योजना निर्माण गरिएको छ । बैठकका प्रमुख अतिथि नेकपा ललितपुरका इन्चार्ज हितमानले यो योजनालाई नमुना परियोजनाको रुपमा विकास गरेर थप विस्तार गर्दै लैजाने र यसले पार्टी, कर्यकर्ताको आर्थिक विकासमा सहयोग पुर्याउने बताए ।

बैठकमा नेकपा केन्द्रिय समिति सदस्य विपिन, केन्द्रिय प्रतिनिधि सदस्य विकास लगाएतको उपस्थिति रहेको थियो भने बैठकको अध्यक्षता जिल्ला सचिव ललितले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।