१३ बैशाख २०८१, बिहीबार

महासचिव विप्लवद्वारा देशबासीको नाममा सम्बोधन (भिडियोसहित)

पुजीवादीहरुको षड्यन्त्रलाई चक्नाचुर पार्दै सबै कम्युनिस्टहरु नयाँ आधारमा सँगठित हुने बेला आयाे

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशबासीको नाममा सम्बोधन गर्दै नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नाे कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन् ।

महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन् ।

पुजीवादीहरुको षड्यन्त्रलाई चक्नाचुर पार्दै नयाँ आधारमा सँगठित हुने बेला आएकाे समेत बताए ।

विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् । कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे ।

उनले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।

संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षड्यन्त्र मात्रै भएको उनले बताए ।

‘आखिर विष विष नै हो नयाँ बाेटल भएपनि पुरानो बाेटल भएपनि विषले कहिल्यै अमृत दिन सक्दैन,’ उनलेे भनेका छन् । महासचिव विप्लवले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई दलाल पूँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने बाटोमा प्रतिबद्ध भइ अगाडि बढ्न आह्वान गर्दै वैज्ञानिक समाजवादकाे जित निश्चित भएको बताएका छन् ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।