१२ बैशाख २०८१, बुधबार

नेकपा दाङको सेक्रेटरीमा जनक सी निर्वाचित, चौथो पूर्ण बैठकबाट अरु के -के भए निर्णय?

0

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा जनक सी निर्वाचित हुनुभएको छ ।
नेकपा दाङको चौथो पूर्ण बैठकले पार्टीको सेक्रेटरीमा जुझारु युवा नेता जनक सीलाई निर्वाचित गरेको हो ।

मंसिर १२ र २३ गते घोराहीमा दुई दिनसम्म चलेको बैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले नेता जनकलाई जिल्ला सेक्रेटरी निर्वाचित गर्न गरेको प्रस्तावलाई हलबाट एकमतले पास भएको थियाे ।

यस्तै नेकपाको चौथो पूर्ण बैठकले जिल्लाभरीका पालिका कमिटीका नेताहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ । पार्टीले बबई गाउँपालिकाको इन्चार्जमा सुधार सी, सेक्रेटरीमा रण बहादुर सीलाई जिम्मेवारी प्रदान गरेको छ भने शान्तिनगर-दङ्गीशरण गाउँपालिकाको इन्चार्जमा सुधार सी , सेक्रेटरीमा प्रेम सी , तुलसीपुर उपमहानगर कमिटीको इन्चार्जमा भुवन सी र सेक्रेटरीमा शिव सी, घोराही उपमहानगर कमिटीको इन्चार्जमा महान सी र सेक्रेटरीमा दान बहादुर सी, बंगलाचुली गाउँकमिटीको इन्चार्जमा भिम सी र सेक्रेटरीमा बल बहादुर सी, लमही उपमहानगर कमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा पुर्ण सी , राप्ती गाउँकमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा अदिप सी, गढवा गाउँकमिटी इन्चार्ज यज्ञ सी , सेक्रेटरीमा पदम सी , राजपुर गाउँकमिटीको इन्चार्ज उज्ज्वल सी , सेक्रेटरीमा सुर्य सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

यस्तै नेकपा दाङको चौथो पूर्ण बैठकले विभिन्न विभागहरु समेत गठन गरेको छ । बैठकले स्कुलिङ विभाग प्रमुख रुद्र सी, उत्पादन विभाग प्रमुख धर्ती सी , जवस/मोर्चा संयोजन इन्चार्ज रुद्र सी, आर्थिक विभाग प्रमुख जनक सी, जनपरिषद प्रमुख मंगल सी, न्याय विभाग प्रमुख धर्ती सी, सांस्कृतिक टिम प्रमुख दिनेश सी , प्रकाशन तथा सुचना/संचार विभाग प्रमुख राजु सी , जनसेवक प्रमुख प्रतिरोध सीलाई जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै बैठकले जिल्ला कमिटीमा ४ जना थप गरेको छ । बैठकले हरी सी , दिनेश सी , दिल बहादुर सी , पदम सीलाई जिल्ला कमिटी मनोनीत गरिएको थियो ।

बैठकले डिसेम्बर १० मा माओ दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । साथै पार्टी सदस्यसम्म राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने, जवस/मोर्चाका पालिका र जिल्ला भेलाहरु गर्ने , जिल्लामा स्कुलिङ संचालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध कोणसभा, विरोध सभा, जुलुससहित प्रदर्शन तथा प्रतिरोध संघर्ष गर्ने , राष्ट्रियता, जनजीविका, जनसवालका बारेमा आन्दोलन गर्ने, भ्रष्टाचार , मिटरव्याजी , कालोबजारी , तस्करी ,नदिजन्य पदार्थको अवैध उत्खनन विरुद्ध संघर्ष गर्नेपनि नेकपाले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य शितल सी , केन्द्रीय सदस्यहरु सम्झना सी, बिक्रम सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सी , विकाश सी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , केन्द्रीय सदस्य संजय सी , राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सी , अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक विज्ञान सी लगाएतको आतिथ्य रहेको थियो ।
चौथो पूर्ण बैठकमा पार्टीका पोलिट ब्युरो सदस्य तथा बैठकका प्रमुख अतिथि शितल सीले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा नवनिर्वाचित सेक्रेटरी जनक सीलाई बैठकका प्रमख अतिथि, अतिथिहरु र सहभागी जिल्ला कमिटीका सदस्यहरुले टीका लगाएर बधाई ज्ञापन गरेका थिए भने पूर्व सेक्रेटरी प्रदिप सीले माइन्युट हस्तान्तरण गरेर जिम्मेवारी हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।