८ बैशाख २०८१, शनिबार

सुकुम्बासीको उचित व्यवस्थापन गर्न नेकपा काठमाडौंको माग

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेको छ ।

नेकपा काठमाडौँका सेक्रेटरी तुलसी नारायणले बुधबार बिज्ञप्ति जारी गर्दै सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थीत गर्ने सहमति विपरित कार्य नगर्न आग्रह गरेका छन् ।

सेक्रेटरी तुलसी नारायणले २०७९/०८ / ०९ गते राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरपालिका बिच भूमिहिन दलित सुकम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थीत बसोबासलाई व्यवस्थीत गर्ने सहमति विपरित भैरहेको ड्रोजर आतंक तत्काल बन्द गरी वास्तविक भूमिहीन दलित र भूमिहिन सुकुम्बासीको उचित व्यवस्थापन नगरी यो मौसममा बृद्ध, बृद्धा, बच्चा, बच्ची र सुत्केरीको जीवनप्रति अलिकति पनि मानवियता नदेखाई गरिने यस्तो प्रकारको जनविरोधी गैर लोकतान्त्रिक गतिविधीले गम्भीर र दुखद परिणाम निम्त्याउन सक्ने सम्भावनाप्रति सम्बन्धित मन्त्रालय र सरोकारवालालाई ध्यान पुर्याउन आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।