७ बैशाख २०८१, शुक्रबार

नेकपा काभ्रेले तीन महिने अभियान सञ्चालन गर्ने

0

काभ्रे: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले तीन महिने सङ्गठन सुढृढ तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको राजनीतिक कार्यदिशा, महाधिवेशनद्वारा पारीत प्रस्तावहरु र जनसम्बन्धलाई जिवन्त बनाउने उद्देशले बुधबार सम्पन्न पार्टी जिल्ला कमिटीको प्रथम विशेष बैठकले यस्तो निर्णय गरेको हो ।
काभ्रे जिल्लाको स्थित सम्पन्न बैठकमा प्रमुख अतिथि तथा पोलिट व्युरो सदस्य आधार सि ले हालै सम्पन्न नवौं महाधिवेशनको भाव र पार्टीले आगामी दिनमा गर्नुपर्ने कामहरुको उचाइबारे प्रशिक्षण मन्तव्य राख्दै नेपालका हरेक क्रान्ति र आन्दोलनमा काभ्रे जिल्लाको अग्रणी भूमिका रहेको तर जनताका सपनाहरू अझै पूरा हुन नसकेकोले एकीकृत क्रान्तिमा पनि काभ्रेले उच्च भूमिका पूरा गर्ने विश्वास व्यक्त गरे । मन्तव्यको क्रममा पोलिट व्युरो सदस्य आधार सि ले नेपाली जनताले विद्यमान व्यवस्थाको विकल्प खोजिरहेको तर संसदवादीहरुले जनतालाई यहि व्यवस्था भित्रै अल्झ्याउन खोजेको र उनीहरुले जतिसुकै अल्झ्याउने प्रयास गरे पनि एक दिन जनताले वैज्ञानिक समाजवादी क्रान्तिको सपना पूरा गरि छाड्ने बताए ।अहिलेको निर्वाचनले एकातिर भ्रस्टाचार र महङ्गी थपेको छ भने अर्कातिर चुनावको माध्यमबाट बाह्य हस्ताक्षेप बढेर जाने सम्भावना भएकोले जनताहरु सजग रहनु पर्ने उल्लेख्य गरे ।
नेकपा काभ्रेको प्रथम बैठकले पार्टीको पोलिट व्युरो सदस्यमा निर्वाचित भएकोमा इन्चार्ज आधार र केन्द्रिय प्रतिनिधि समितीमा निर्वाचित भएकोमा प्रेरक सी लाई दोसल्ला ओढाएर सम्मान गर्दै बधाई दिएको छ ।
त्यस्तै काभ्रे जिल्लाबाट रसुवा सरुवा हुन लागेका प्रेरक सि लाई औपचारिक रुपमा विदाई समेत गरेको छ ।पार्टीको केन्द्रिय निति अनुसार काभ्रेमा पनि जनकम्युन खडा गरेकोमा प्रमुख अतिथि आधारले जिल्ला कमिटीलाई बधाई तथा धन्यवाद समेत दिएका छन् ।
जिल्ला सचीव प्रेरक सी को अध्यक्षतामा भएको बैठकमा रसुवा सेक्रेटरी प्रमोद सि र क्रान्तिकारी विद्यार्थी नेता दयाराम सी को समेत विशेष उपस्थिति रहेको थियो । बैठक पछि भएको सम्मान तथा विदाई कार्यक्रमको सञ्चालन दयाराम सीले गरेकाे नेकपा काभ्रेका एक जिल्ला नेताले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।