८ बैशाख २०८१, शनिबार

छात्राहरूलाई यौन हिंसा गर्ने शिक्षकलाई अखिल (क्रान्तिकारी) द्वारा कार्वाही

0

काठमाडौं: अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौले छात्राहरु प्रति यौन दुर्व्यवहार तथा यौन हिंसा गरेको भन्दै   नगरपालिका वडा नम्बर १३ स्थित श्री कंकाल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई कार्बाही गरेको छ।
कंकाल मा.वि. का अङ्ग्रेजी शिक्षक कृष्णमणि लामिछाने, पुस्प ओझा र अञ्जन श्रेष्ठलाई आत्माआलोचना, निलम्बन र निस्कासन गर्न लगाई कार्बाही गरिएको क्रान्तिकारी काठमाडौंका इन्चार्ज ललिजङ्ग बमले जानकारी दिएका छन् ।

बिहिबार वडा अध्यक्ष श्रीकृष्ण खत्री, प्रदेश सभाका स्वतन्त्र उम्मेदवार कृष्ण लामा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र गौतम, प्रधानाध्यापक विस्णु प्रसाद पनेरु र विद्यार्थी नेता ललिजङ बम सहितको उपस्थितमा भएको बैठकमा शिक्षक कृष्णमणी लामिछानेलाई शिक्षक पदबाट निस्कासन गर्ने र अन्य दुई जनालाई समेत माफी माग्न लगाई एक महिना जागिरबाट निलम्बन गर्न लगाउने निर्णय भएको
छ एक विद्यार्थीले जानकारी दिए। 
श्री कंकाल माविमा अध्ययनरत एक छात्राले आफुलाई यौन दुर्ववहार गरेको गुनासो विद्यालय प्रशासनलाई दिएपनि अभियुक्त शिक्षकलाई कारबाही नभए पछि पीडित छात्राले अखिल क्रान्तिकारीलाई गुनासो गरेको भन्दै बिहिवार नै अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष हस्त बिश्वकर्मा र इन्चार्ज ललिजन वमले दोसीमाथि कार्बाहि गर्न र बालिकालाई न्याय दिन अनुरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेका थिए।
बालिका माथी यौन दुर्ववहारको अभियोग लागेका शिक्षक कृष्णमणी लामिछाने केहिदिन देखि विद्यालय नआएको र अन्य दुई जनाले माफी मागेको भिडियो समेत सार्वजनिक भएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।