१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृशोक

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ । महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९५ वर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो । केही हप्ता अगाडि घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी सेवन गरी आराम गरिरहनु भएकी आशिकादेवी चन्दको शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा आज बिहान ९ बजे निधन भएको डा. प्रकाश चन्दले जानकारी दिए । टाउको गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कारण अप्रेसन गर्न नमिलेपछि घरमा लगिएको थियो । उहाँको परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्येष्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताए । आमा आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी र छाेरी तुलसा चन्द, लक्ष्मी चन्द र देवा चन्द हुन् । आदरणीय आमा आशिकादेवी चन्दप्रति जनपत्रिका अनलाइन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लवलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।