१४ बैशाख २०८१, शुक्रबार

कैलालीमा सनराइज-राजेश समृति संगठन सुदृढ अभियान उद्घाटन

0

कैलालीमा सनराइज-राजेश समृति संगठन सुदृढ अभियान उद्घाटन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीको चौथो पूर्ण बैठकले गरेको निर्णयअनुसार अभियान सञ्चालन भएको हो । अभियानको उद्घाटन गर्दै कैलाली जिल्ला सेक्रेटरी विनोदले देशमा दलाल संसदवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न आवश्यक रहेको बताए ।      संसदवादी राजनैतिक दलहरू चुनावी अंक गणितको हिसाबकिताबमा व्यस्त रहेको बताउदै आफ्नो पार्टीले जनताका एजेण्डा लिएर अभियान सञ्चालन गरिरहेको उल्लेख गरे। लघुवित्त र वित्तीय संस्थाहरू गरिबलाई घरबारविहिन बनाउने, आत्महत्या गर्न बाध्य बनाइरहेको जनगुनासो आइरहेको उल्लेख गर्दै ऋण असुलीमा अमानवीय हर्कत नरोकिए जनकारवाही गरिने बताए ।                                            कार्यक्रमलाई जिल्ला सचिवालय सदस्य वरदान, आव्हान र नन्द बमले सम्बोधन गरेका थिए । अभियान जिल्लारी सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।