१३ बैशाख २०८१, बिहीबार

नेकपा प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रिय राजनीतिको विषयमा गम्भीर छलफल

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता प्रकाण्डबीच राष्ट्रिय राजनीतिको बिषयमा गम्भीर छलफल भएको बताइएको छ । पछिल्लो समय राष्ट्रिय स्वाधिनतामाथि संकट आइएकोमा प्रधानमन्त्री देउवा र प्रवक्ता प्रकाण्डको साझा धारणा रहेको र यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक दल र नेताहरु गम्भीर बन्नु पर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्ड कडा रुपमा प्रस्तुत हुँदै तीन बुंदे सहमति कार्यन्वयनका बिषयमा पटक पटक छलफल भए पनि टुंगोमा नपुगेको भन्दै सरकारको स्पष्ट धारणा माग गरेका थिए । प्रवक्ता प्रकाण्डले वार्ता परिणाममुखी हुनु पर्ने भन्दै तीन बुंदे सहमति कार्यान्वयनमा सरकारको नियत प्रति प्रश्न खडा भएको बाताएका थिए भने जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तीन बुंदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएको बताउदै यस बिषयमा कुनै दुबिधा नराख्न प्रवक्ता प्रकाण्ड लाई आग्रह गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणको समेत सहभागिता रहेको थियो ।

यसअघि गत बिहीबार नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंहबीच वार्ता भएको थियो । उक्त वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको थियो। नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफ्टेरो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।
त्यही निर्णय कति कार्यान्वयन भयो र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छ भन्ने बारेमा नेकपा प्रवक्ता प्रकाण्डले सरकारको धारणा माग गरेका थिए भने जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा आएको थियो ।
सरकारका तर्फबाट गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उक्त भेटवार्तामा गृहमन्त्री खाणले सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र ‘केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेको बताउदै अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको र निर्णय अनुसार कार्यान्वयन हुने बताएका थिए।
२०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नैपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भएको थियो ।
तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको २० महिना नाघी सक्दा समेत नेकपा धैर्यवान हुँदै निरन्तर वार्ता र सम्बादमा जुटिरहेको छ । उसको यो देश र जनताप्रतिको जिम्मेवारी र इमान्दारितालाई सरकारले कमजोरीको रुपमा बुझ्न नहुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।