१४ बैशाख २०८१, शुक्रबार

चुनाव उत्सव होइन, जनताले खारेज गरेका छन्: विराट

0

कालिकोट: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले दलाल संसदीय व्यवस्थाको चुनाव दलालहरुले उत्सवको रुपमा गरेको भने पनि जनताले खारेज गरेको बताएका छन् ।
आइतबार रास्कोट नगरपालिको सिप्खानामा शान्नित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाको संयुक्त पार्टी प्रशिक्षण कार्यक्रमलाई  प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै केन्द्रीय सदस्य विराटले यस्तो बताएका हुन् ।
 जिल्ला इन्चार्ज समेत रहेका नेता विराटले चुनाव वैधानिक र जनअनुमोदित हुन करिव ७५ प्रतिशत भन्दा माथि मत खस्नु पर्नेमा मुस्किलले ६० प्रतिशतको हाराहारीमा मत पुगेकाले चुनावलाई जनताले पूर्ण खारेज गरेको दाबी गरे ।
उनले खसेको मत पनि दलालहरुले वुथ कव्जा गरेर अरुको नाममा समेत मत हालेर ६० प्रतिशतको हाराहारीमा मत पुर्याएको आराेप लगाए ।  उनले खास संसदीय चुनाव नेपालका परिवर्तनशील जनताले खारेज गरेकाले यो कुनै जनताको लागि उत्सव नभएको दाबी गरे ।
उनले व्यवस्था नै जनताको नभएकाले जुनसुकै व्यक्ति बदले पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नहुने ठोकुवा गरे ।
 दलाल पूजीवादी व्यवस्थाको अन्त्य नगरी र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरी नेपाली जनताको मुक्ति नहुने बताउदै नेता विराटले त्यसका लागि दलाल संसदीय व्यवस्थाको अन्त्यको अभियान एकीकृत जनक्रान्तिको बाटोमा लाग्न अपिल गरे ।
कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि सदस्य साहासी सी, पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा कालिकोट जिल्ला सल्लाहकार समितिका संयोजक समग्र सी, जनपरिषद कालिकोट जिल्ला उपप्रमुख छाया सी, युवा संगठन की अध्यक्ष सृजना सी, सहिद परिवारवाट इन्द्रबहादुर शाही र मनकला टमट्टा लगायतको आतिथ्यता रहेको थियो ।
रास्कोट नगरपालिका पार्टी इन्चार्ज निर्देशन सीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको संचालन सान्नित्रिवेणी गाउँपालिका इन्चार्ज मन सीले गरेका थिए  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।