१४ बैशाख २०८१, शुक्रबार

परिवारबाट हुने सहयोग राजनीतिमा महत्त्वपूर्ण हुन्छ : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले परिवारबाट हुने सहयोग राजनीतिमा महत्त्वपूर्ण हुने बताएका छन् । 

आमा आशिका देवी चन्दको स्मृतिमा कपिलवस्तुको शिवगढीमा आज भएको श्रद्धाञ्जली सभा कार्यक्रममा बाेल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

महासचिव विप्लवले आफुहरुले हिडेकाे बाटोलाई कहिल्यै पनि अप्ठ्यारो नमानेर आमाले साथ दिएको स्मरण गरे ।

महासचिव विप्लवले आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति, धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेको समेत बताए ।

उनलेे भने, ‘हामीले बन्दुक कुनै मान्छेलाई मार्ने उद्देश्यले बोकेको होइन, हामीले बन्दुक परिवर्तनको लागि बोकेका हौं, कसैले हाम्रो परिवर्तनमा हस्तक्षेप गर्छ भने त्यसको प्रतिकार हुन्छ । हामीले समाजमा नयाँ संस्कार स्थापित गर्नेछौं । सी जातिले एउटै काम गर्नेछन् । त्यसैले हामीले पहिला आफुबाट नै यो नीति लागु गर्दै अगाडि बढ्याे । अन्तत हामी सबै सी जाति भएर नयाँ संस्कार संस्कृतिको विकास गरेर जान्छौँ । यसमा कसैले अवरोध गर्छ भने त्यसको पतन पनि अनिवार्य हुन्छ ।’

महासचिव विप्लवकाे अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा पार्टीका स्थायी कमिटी सदस्य सन्ताेष सी, पार्टीका सल्लाहकार दिर्घ सी, माओवादी केन्द्रका पाेलिट ब्युरो सदस्य तथा लुम्बिनी प्रदेशको अर्थमन्त्री कृष्णध्वज खड्का, सहिद बेपत्ता परिवारको तर्फबाट पाेलिट ब्युरो सदस्य आस्था सी लगायतले ममतामयी आमा आशिका देवी चन्दप्रति हार्दिक श्रद्धाञ्जलीसहित श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा भएको श्रद्धाञ्जली सभा कार्यक्रमकाे सञ्चालन पार्टीका पाेलिट ब्युरो सदस्य ध्रुब सीले गरेका थिए ।

उक्त श्रद्धाञ्जली सभामा विभिन्न पार्टीका नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जाति, धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति पास गरेको थियो । सोही नीति अनुसार पार्टी महासचिव विप्लव परिवारले आमा आशिका देवी चन्दको स्मृतिमा सार्वजनिक प्रयोगका लागि फलफूल वृक्षारोपण, चित्र-चन्द्र-आशिका सहयोग काेष, सहिद परिवार, अपांग, असहाय, बृद्ध बृद्धालाई न्यानो कपडा वितरण र आज श्रद्धाञ्जली सभा गरेको छ  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।