७ बैशाख २०८१, शुक्रबार

नेकपाद्वारा भारतीय हस्तक्षेपकारी र दादागिरी शैलीको घोर निन्दा एवं भत्र्सना

भारतीय पक्षले गरेको ढुङ्गामुडाबाट कैलाशपति आधारभूत विद्यालयमा खेली राखेका ४ जना विद्यार्थी घाइते भएको घटनाप्रति ध्यान गम्भीर रुपमा आकर्षित

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले भारतीय पक्षले गरेको ढुङ्गामुडाबाट कैलाशपति आधारभूत विद्यालयमा खेली राखेका ४ जना विद्यार्थी घाइते भएको घटनाप्रति ध्यान गम्भीर रुपमा आकर्षित भएको जनाएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको घोर निन्दा एवं भत्र्सना गर्दै सिमानाजस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा महाकालीनदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसबीको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहल लिन नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

प्रवक्ता प्रकाण्डले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले भारतीय पक्षको ढुङ्गामुडाबाट घाईते भएका ४ जना विद्यार्थीको उपचार व्यवस्था भारत सरकारबाट गराउन र आतंककारी शैलीमा ढुङ्गामुडा गर्ने तत्वलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले तदारुकताका साथ पहल गरोस् भन्दै घाईते ४ जना विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

विज्ञप्तिको पूरा पाठ–

१) गत आइतबार मंसिर १८ गते दार्चुला जिल्लास्थित खलंगा बजार र भारतस्थित धार्चुला जोड्ने झुलुङ्गे पुल मूनी महाकाली नदीको नेपाली भूमि पर्ने बगर मिचेर भारत सरकारले सड्क बनाएपछि खलंगावासी नेपाली जनताले त्यसको विरोध गर्दा भारतीय पक्षले गरेको ढुङ्गामुडाबाट कैलासपति आधारभूत विद्यालयमा खेली राखेका ४ जना विद्यार्थी घाईते भएको घटनाले हाम्रो पार्टीको ध्यान गंभिर रुपमा आकर्षित भएको छ । भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ ।
२) सिमाना जस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा महाकाली नदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसबीको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहल लिन नेपाल सरकारसँग पार्टी विशेष माग गर्दछ ।
३) भारतीय पक्षको ढुङ्गामुडाबाट घाईते भएका ४ जना विद्यार्थीको उपचार व्यवस्था भारत सरकारबाट गराउन र आतंककारी शैलीमा ढुङ्गामुडा गर्ने तत्वलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले तदारुकताका साथ पहल गरोस् भनी जोडदार माग गर्दछ ।
४) घाईते ४ जना विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।