७ बैशाख २०८१, शुक्रबार

यो बालेनको सहर हो !

1

ठेलेहरु हो,
झोले,पोकेहरु हो!
तिमीले यसरी ठेला,झोला, पोका बोकेर गुजारा गर्न पाउदैनौँ ।
तिम्रो ठेला,झोला, पोकाले मेरो सहर फोहोर देखियो।
अब यो सहरमा सयौं भाटभटेनीहरु खुल्दैछन् ।
त्यसैले तिम्रो खाँचो छैन,
यो बालेनको सहर हो !

सडकको पेटीमा मकै बेच्नेहरु हो,
चटपटे,पानीपुरी बेच्नेहरु हो!
तिमीले यसरी मकै, चटपटे, पानीपुरी बेच्न पाउदैनौँ।
तिम्रो मकै, चटपटे, पानीपुरीले मेरो सहर दुर्गन्धित भैसक्यो।
अब यो सहरमा धेरै पाँचतारे होटेल, क्याफेहरु बन्दैछन् ।
त्यसैले तिम्रो आवश्यकता छैन,
यो बालेन को सहर हो !

झुपडीका पाखेहरु हो,
सहरको खोल्साखाल्सीमा बाँच्नेहरू हो!
तिमीहरु यसरी छाप्रो बनाएर आफ्नो सिर छोप्न पाउदैनौँ ।
तिम्रो झुप्रो, छाप्राहरुले मेरो सहर कुरुप देखियो।
अब मेरो सहरमा ब्रुजखलिफाहरु बन्दैछन् ।
त्यसैले तिम्रो झुप्राको आवश्यकता छैन,
यो बालेनछको सहर हो !

मजदुरहरु हो,
गरिब फोहोरीहरु हो!
तिमीहरु झुत्रा लगाएर मेरो सहरमा घुम्न पाउदैनौँ ।
तिम्रो झुत्रा लुगाले मेरो सहर थोत्रो देखियो।
अब यो सहरमा मर्सिडिजमा भिआइपीहरु  सवार गर्दैछन् ।
त्यसैले मेरो सहरको नजिक नआऊ,
यो बालेन को सहर हो!

बालेनको सहरमा सपिङ गर्न,
तिमीलाई खाडीको तिन वर्षको कमाई चाहिन्छ।
मेरो सहरमा सेल्फी खिच्न, डलरले किनेको आइफोन चाहिन्छ ।
ठेले, झोले, पोकेहरु हो!
मकै, पानीपुरी, चटपटे बेच्नेहरु हो!!
गरिब झुपडीका पाखेहरु हो!!!
मेरो सहरको मुल्य तिमीले तिर्न सक्दैनौ।
तिमी नजिक आउँदा मेरो सहर कुरुप, दुर्गन्धित, फोहोर हुन्छ।
त्यसैले मेरो शहर भन्दा कोसौं टाढा बस ।
यो सहर ,
राणाहरु, राजाहरूबाट बिर्ता पाउने सन्तानहरुको हो।
भ्रष्टचारी, दलाली, तस्कर गरेर महल उठाउनेहरुको हो।।
किनकी यो बालेन को सहर हो !
२०७९\८\२२
(लेखक : नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी हुन्)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “यो बालेनको सहर हो !

  1. जिन्दगि भरि दुख गरि कमाएर
    दुइ चार पैसा जम्मा गरि
    काठमाडौ मा जग्गा किन्ने सपना देख्ने हरु
    अब ढुक्क बसे हुन्छ
    सुकुम्बासि को नाम मा
    झुप्रो लगाउन आजै कम्मर कसे हुन्छ
    किनकि यो बालेन को सहर होइन
    तिम्रो तिन तले भवन
    भाडा मा लगाउ
    खेर गएको जमिन लाइ अपनाउ
    ब्यपार गर्ने ब्यापारि जति सबै
    आउ दिल खोलेर फुट्पातमै आउ
    कुना कन्दरा को सबै आउ
    रोड्मै झुप्रो र ठेला लगाउ
    किनकि यो बलेन को सहर होइन

    पुगुन्जेल सार्बजनिक जग्गा कब्जा गर्दै
    हाल लाइ केहि मेसो मिलाउ
    पछि पुजिबादि हरु को
    महल कम्प्लेक्स सबै मा धावा बोल्दै
    तेतै आफ्नो बस्ति बसाउ
    आउ सबै आउ यो राज्धानि आफ्नै हो
    यो बालेन को सहर होइन

    स्रम गर्ने श्रमिक हरु
    श्रम गर्न छोड्देउ अब
    मज्दुर हरु मज्दुरहरु
    मज्दुरि छोड्देउ अब
    पड्ने बिध्यार्थिहरु
    पड्न लेख्न छोड्देउ
    बिदेसिएका सबै
    काम गर्न छोड्देउ अब
    आउ सबै मिलिजुलि राज्धानिमा
    सङ्गै मिलेर बसम अब
    किनकि यो बालेन को सहर होइन

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।