१४ बैशाख २०८१, शुक्रबार

चल्ला खाने चिल 

0

 

ए सशस्त्र दाई

ल्याउन मटेङ्ग्राे

रिस उठिसक्यो

हिर्काई दिन्छु गुलेलीले

त्यो चल्ला खाने चिललाई

कि ? सोध्नुस् त एकपटक 

तिमीलाई नुन दिने सरकारसँग

राइफल पट्काएर, निशाना लगाएर

मार्न मिल्छ कि ? मिल्दैन

त्यो चल्ला खाने चिललाई

ए सशस्त्र दाई

बरु तपाईंको निशाना लाग्दैन भने

मै निशाना लगाउँला

मै तेर्साउँला राइफल

अति गरिसक्यो त्यो दुश्मनले

बरु मलाई पट्काई थि भन्नु

तम्रो सरकारसँग

दुई, चार दुश्मनका चल्ला मारेपछि

रिस त मरलान् मेरा

ए सशस्त्र दाई 

मेरो पोशाक तमी लगाऊ

तम्रो पोशाक म लगाउँला

हेप्नेलाई, मिच्नेलाई

बारम्बार थिच्नेलाई

बाँकी राख्नु हुँदैन

के तम्रो मनमा छुदैन

ए सशस्त्र दाई

आमाको चोली च्यात्नेलाई

एकचोटि ल्याउनु के राइफल 

ट्रिगर दबाउ, कति गुलेली तन्काउनु

हामी दिदिबहिनी मात्रैले 

टन्टैसाप बनाई दिन्छौँ ।

रिसकै तालमा 

त्यो चल्ला खाने चिललाई ।।

२० मंसिर २०७९


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।