१३ बैशाख २०८१, बिहीबार

नेता व्यवस्थापन संघियता होइन जनताको समानुपातिक संघियता आवश्यक छ : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघियताको औचित्य नभएको बताए ।

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको बनाउँदै राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

साक्षात्कार कार्यक्रममा पत्रकारहरुले जनक्रान्तिको आवश्यक रहेको छ भन्दै यहाँहरुको पार्टी नेपालमा अझैसम्म क्रान्ति नसकिएकोभनिरहेको छ भन्ने जिज्ञासामा महासचिव विप्लवले हामीले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि देशको स्वाधीन अर्थतन्त्रको परिवर्तन भएको प्रस्ट पारे ।

साथै उनले सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको जनाउँदै थप संकटतातर्फ धकेलेको जनाए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए ।

पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा जोड दिदै उनले नेपाललाई सिध्याउन चाहने विदेशी शक्तिहरुको निन्द्रा हराम भएको जिकिर गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।