४ बैशाख २०८१, मंगलवार

नेपाल कम्युनिष्ट पार्टीद्वारा लम्कीचुहा नगरपालिकामा तालाबन्दी

0

धनगढी: नेपाल कम्युनिष्ट पार्टीले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। लम्किचुहा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको योजना र बजेटमा भ्रष्टाचार गरेको, नगरसभाको निर्णय उल्लंघन गरी सवारीसाधन खरिद गरेको, वडामा मोटरसाइकल हुँदा हुँदै आवश्यकता बिना नै मोटरसाइकल खरिद गरेको, सार्वजनिक खरिद ऐन र कानुन विपरीत कोटेशनमा मोटरसाइकल खरिद गरि अनियमितता गरेको, नगर प्रमुखले आफ्नो व्यापारिक फाइदाका लागि जनताको करबाट प्राप्त सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्यहिन महंगो र विलासी सवारीसाधन खरिद गरेको, नदीजन्य पदार्थको अवैध उत्खनन र संकलन गर्ने कार्यको संरक्षण गरेको आरोप लगाउँदै लम्कीचुहा नगर समितिले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, महँगो र औचित्यहीन मोटरसाइकल खरिदको निर्णय फिर्ता गर्नुपर्ने नगरिए कडा कारवाही गर्न बाध्य हुने समेत पार्टीले चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।