१३ बैशाख २०८१, बिहीबार

क्रान्तिकारीहरु सत्य बोल्दा एक्लो पनि हुन सक्छन् – सम्झना

0

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सीले क्रान्तिकारीहरु सत्य बोल्दा एक्लो पनि हुनसक्ने बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी घोराही नगरको तेस्रोपूर्ण बैठकमा बोल्दै केन्द्रीय सदस्य सम्झनाले उक्त कुरा बताएकी हुन् ।

बैठकको प्रमुख अतिथि समेत रहेकी पार्टीका केन्द्रीय सदस्य सम्झनाले क्रान्तिकारीका थुप्रै अप्ठ्यारा बाटोहरु हुने र त्यही अप्ठ्यारा बाटोहरुलाई सजिलोसँग क्रस गर्दै अगाडि बढ्नुपर्ने बताउदै आफूहरू एउटा यौद्दा बनेर जनताको सेवक बन्नुपर्ने कुरामा जोड दिइन् । उनले जातको अन्त्य र विभेद अन्त्य गर्नुपर्ने भन्दै पार्टीको नवौं महाधिवेशनबाट जात संस्कार र संस्कृतिलाई रुपान्तरण गर्दै एउटै सी जाति बनाएको बताइन् ।

`सी जाति भनेको समाजवादी जाति हो´ उनले भनिन् जो समाजमा सुन्दर मान्छेहरु हुन्छन् । त्यहाँ केही पनि जात हुदैन्, मात्र महिला र पुरुष हुन्छ । सबै मानिसहरु हुन्छन् । गरेर खाने मान्छे हुन्छन् । कोही बेरोजगार पनि हुदैनन् । केही जात पनि हुँदैन्, केही विभेद पनि हुँदैन । त्यस्तो खालको समाज निर्माणको परिकल्पनामा हामी अगाडि बढेका छौं ।´

जन्म संस्कारलाई हामीले उत्सवको रुपमा मनाउनु पर्ने र मान्छे जन्मिनु भनेको महत्त्वपूर्ण कुरा भएको तर आज पुँजीवादले मान्छे जन्मनु नै गलत जस्तो बनाइदिएको उल्लेख गरिन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले क्रान्ति गर्नको लागि सबैभन्दा पहिले समाजलाई हेर्ने दृष्टिकोण सही हुनुपर्ने बताए । ` आफू र दुश्मनलाई हेर्ने दृष्टिकोणहरु पनि सही चाहिन्छ उनलेे भने `त्यो भनेको दर्शन भएको हो । राजनीति सही, कार्यनीति सही, कार्यदिशा सही र अर्थ राजनीति पनि सही भएमात्र क्रान्ति सम्भव हुन्छ । ´

क्रान्तिका कुरा गर्ने मान्छे धेरै छन् । २००७ सलदेखि अहिलेसम्म आउदा क्रान्तिको कुरागर्दा हजारौं र नेतृत्वको कुरा गर्दा सयौं मान्छे भएको नेता पाटनको भनाइ छ ।

बैठकमा विदाइ मन्तव्य राख्दै नेकपाका केन्द्रीय प्रतिनिधि तथा घोराही नगरका निवर्तमान इन्चार्ज निर्मल सीले घोराही उपमहानगरको सबै भूगोलमा पुग्न नसकेको अनुभूति स्मरण गर्दै त्यसप्रति चिन्तित भएको बताए । उनले घोराही नगर कमिटीमा पार्टीका पुराना पाका साथीहरू भएको हुँदा काममा कुनै चुनौती नभएको र घोराही पार्टीले राम्रा काम गर्दै आएको जनाए ।

नेकपा कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी जनक सीले अब जनताको सेवासँग पार्टीलाई जोड्नुपर्ने बताए । उनले पार्टी बनाउनको लागि प्रत्यक्ष जनतासंगै जोडिनुपर्ने र त्यसका लागि एक पटक जिल्लादेखि केन्द्रसम्म ध्यान तातिने गरी सबैले मेहनत गर्नुपर्ने कुरामा जोड दिए । एक चोटी हातमा ठेला र खुट्टामा फोका उठने गरी काममा खटिनुपर्ने छ उनले भने ।

` नीतिगत कुराहरू माथिबाट आउने हुन्छ र सिर्जना भनेको तलबाट आउने हो´ उनले भने `सिर्जना भनेको त नयाँ सिर्जित भएर आउने हो । त्यो जोसंग पनि हुन सक्छ । सामान्य तल किसानसंग हुन सक्छ । सामान्य पार्टी सदस्यसंग हुन सक्छ । जुनसुकैसंग पनि हुन सक्छ । कोही व्यक्तिसंग सिर्जना फुर्न सक्छ । केन्द्रले नीति निर्माण गरेर तल फ्लो गर्ने, त्यो नीतिमा रहेर हाम्रो सिर्जनालाई अगाडि बढाउनुपर्छ । पार्टी र पार्टीको हितका निम्ति अगाडि बढ्नुपर्ने छ । ´

नेपाल कम्युनिस्ट पार्टी घोराही नगर इन्चार्ज महान सीले संगठन र पार्टीमा आँच नआउने गरि काम गर्नुपर्ने बताए । उनले कमिटीमा प्रष्ट ढंगले निर्णय गर्ने र त्यो निर्णयलाई स्पष्ट रुपमा कार्यन्वयनमा लैजाने उद्घोष गरे ।

हरेक पार्टी र संगठनका नेता- कार्यकर्ताहरू आफूमा क्षमता विकास गर्नुपर्ने र त्यसका लागि अध्ययनलाई फोकस गर्नुपर्ने कुरामा उनले जोड दिए । `एकीकृत जनयुद्ध भनेको सामान्य कुरा होइन्´ उनले भने ` युद्ध भनेको लड्ने हो । क्रान्ति भनेको परिवर्तन हो । तर, एकीकृत जनयुद्ध भनेको बम बोकेर लड्ने हो ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबाल सदस्य अनिल सीले नेतृत्व र पार्टीलाई सहयोग गर्ने कुरामा कसैलेपनि कन्जुस्याइँ गर्न नहुने बताए । उनले समय र परिस्थिति अनुसार नेतृत्व र पार्टी क्रमिक रुपले अगाडि बढ्ने कुरामा जोड दिए ।

बैठकले राजनैतिक,बैचारिक तथा संगठनको बारेमा विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । जिल्ला कमिटीको निर्णय अनुसार पालिकास्तरीय माओ दिवस भब्री रुपमा मनाउने, पालिकामा जवस मोर्चाको भेला / सम्मेलन पुसको पहिलो सातासम्म गरी सक्ने, पार्टी सदस्यम प्रशिक्षण गर्ने, स्कूलिङ गर्ने, एमसीसीविरुद्ध कोणसभा गर्ने, बिरोध सभा गर्ने, भन्डाफोर गर्ने , नाराजुलुस गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु भएका छन् ।

बैठकमा नेकपा घोराही नगरका निवर्तमान इन्चार्जलाई विदाइ गरिएको छ भने पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पार्टीको केन्द्रीय सदस्य सम्झना सी , पार्टीको केन्द्रीय सदस्य पाटन सी, र पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य युगिन, नेकपा दाङको चौधौंपूर्ण बैठकबाट जिल्ला सेक्रेटरीमा निर्बाचित जनक सी, नेकपा दाङका जिल्ला जनपरिषद प्रमुख किसन, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य अनिल सीलाई पार्टीका घोराही नगर इन्चार्ज महानले अबिर टीका र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी दानबहादुर सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सम्झना सीको प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पाटन, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सी, पार्टीको केन्द्रीय प्रतिनिधि तथा पार्टीका सिन्धुपाल्चोकका जिल्ला सेक्रेटरी युगिन सी, पार्टीका दाङ जिल्ला सेक्रेटरी जनक सी, पार्टी घोराही नगरका इन्चार्ज महानको आतिथ्यता बैठक भएको थियो ।

बैठकको संचालन तथा अध्यक्षता नेकपा घोराही नगरका सेक्रेटरी दानबहादुर सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।