७ बैशाख २०८१, शुक्रबार

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार गर्न नेकपाको माग

0

काभ्रे: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले जिल्लाको बेथानचोक गाउँपालिकाबाट बनेपा आउँदै गरेको यात्रु सवार बस दुर्घटनामा परि ज्यान गुमाउने परिवारका आफन्तहरुलाई क्षतिपूर्ति र घाइतेहरुलाई उपचारको व्यवस्था गर्न सम्बन्धित निकाय लगायत सरकारसङ्ग माग गरेको छ।

बुधबार नेकपा काभ्रेका इन्चार्ज आधार सी र सेक्रेटरी प्रेरक सीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरिएको हो ।

मङ्गलबार बा ३ ख ४३८५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ गणेशस्थान स्थित सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।
दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्चको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टी काभ्रेले जोडदार माग गर्दै घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

बस दुर्घटनामा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।