१६ चैत्र २०८०, शुक्रबार

युवा संगठन नेपालको पहलमा कुवेतमा यातना भोगिरहेकी धन कुमारी घर्तीको उद्दार

0

नेकपाको सहायक संगठन युवा संगठन नेपालको पहलमा कुवेतमा अलपत्र पारिएकी एक महिलाको उद्दार गरिएको छ ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्ला लेकबेसी गाउँपालिका-२ लेकखर्क घर भएकी धन कुमारी घर्ती मगरलाई उद्दार गरिएको हो ।

धन कुमारी घर्ती मगर विगत दुई महिनादेखि कुवेतमा घरेलु कामदारको रुपमा पुर्‍याइकी थिइन् । दलालहरुले विभिन्न प्रलोभनमा पारी कुवेतसम्म पुर्‍याइएकी धन कुमारीलाई शारीरिक तथा मानसिक रुपमा चरम यातना दिदै आइरहेको थियो । उनले काम गर्ने घर मालिकले शारीरिक तथा मानसिक यातना दिने गरेको र नेपालबाट पनि उनीलाई त्यहाँसम्म पुर्‍याउने दलालले फोनमार्फत मानसिक रुपमा विभिन्न दबाबहरु दिने गरेको धन कुमारीले बताइन् ।

दलाललाई अब म काम गर्न सक्दैन मलाई नेपाल फर्काउनु भनी धेरै पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको र अझ उल्टै डर धम्की दिने गरेको घर्तीले बताइन् ।

धन कुमारी घर्ती मगर दलालमार्फत कुवेत पुगेको र दु:ख पाइरहेको तथा हाल दलालहरुले कुनै वास्ता नगरेको अझ डर त्रास देखाएको भनी धन कुमारीका आफन्त र स्वयम् धन कुमारीले युवा संगठन नेपालमा जानकारी गराएकी थिइन् र उक्त विषयमा संगठनले गहिरो अध्ययन अनुसन्धान गरि विशेष पहल गर्दा धन कुमारीलाई सकुशल नेपाल ल्याउन सफल भएको युवा संगठनका अध्यक्ष पाटन सीले जानकारी दिए ।

यस्ता प्रकारका घटनाहरु थुप्रै छन् र त्यसको पहल संगठनले गरिरहेको जनाइएको छ ।

कुवेतबाट उद्दार गरेर नेपाल पुगेकी धन कुमारी घर्ती मगरलाई युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक सी, संगठनका केन्द्रिय सदस्य अनिल सी र समाजसेवी रुपेश बाघचन्दले स्वागत गरि आफन्तजनलाई जिम्मा लगाएका छन् । उद्दार कार्यमा सहयोग गर्ने रुपेश बाघचन्द लगाएतलाई संगठनका केन्द्रीय सचिव तिलक सीले विशेष धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।