१४ बैशाख २०८१, शुक्रबार

नेकपाद्वारा अध्यादेश विरुद्ध षड्यन्त्र हुन खोजेको भन्दै संघर्षकाे घोषणा

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०८९ सरकारले राष्ट्रपतिसमक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्दको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रिय कार्यालयद्वारा बिहीबार दिइएको जानकारी अनुसार संघर्षका कार्यक्रम घोषण गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित कार्यक्रम अनुसार पौष १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, पौष २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०- ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेका छन् ।
ओली सरकारसङ्ग नेपाल कम्युनिस्ट पार्टीले २० महिना अघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ता रिहाई गर्ने र उनीहरुमाथि राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो तर नेकपामाथिको प्रतिबन्ध फिर्ता लिएपनि बन्दिहरुको रिहाइ र मुद्दाहरू खारेज नभएकाले नेपाल कम्युनिस्ट पार्टी र देउवा सरकार बिच पटकपटक वार्ता र छलफल भएका थिए ।
तीन बुँदे सहमतिलाई पूर्णता दिने र मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्ने उदेश्यले अघि बढाइएको अध्यादेश विरुद्ध षड्यन्त्र हुने र मुलुक फेरि द्वन्द्व, अस्थिरता र असहज दिशामा जाने तथा त्यसक्रममा बाह्य हस्तक्षेप बढ्ने खतरा रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषण गरेको जानकारी श्रोतले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।