८ बैशाख २०८१, शनिबार

काभ्रेमा नेकपाकाे अन्तरक्रिया तथा जनजागरण अभियान कार्यक्रम

0

नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाको आयोजनामा तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षड्ययन्त्रका विरुद्ध अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रेरकको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर्कृया कार्यक्रममा प्रमुख वक्ता पिबिएम तथा काभ्रे, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज आधार सी त्यसैगरी वक्ताहरुमा विशेष कमिटी सदस्य राजेन्द्र सी, बुद्धिजिबी वसन्त सी, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य अजय सीले अध्यादेश राष्ट्रपतिले पास गरी नेपालमा शान्ति स्थापना गरी दलाल र साम्राज्यवादीको राष्टघाती र जनविरोधी चाललाई नाङ्गेझार पार्न र झुट्टा मुद्धा खारेज गरि राजबन्दीहरुलाई ससम्मान रिहाई गर्न संबिधानसँग बाझिएका कानूनी जटिलता संशोधन गर्ने ढोका खोल्न सुझाएका छन् । उक्त कार्यक्रमको संचालन नेकपाका सचिवालय सदस्य तथा तामाङ्ग मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य चन्द्र सीले गरेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी काभ्रेको आयोजनामा आइतबार जनकम्युन निर्माण तथा जनजागरण अभियानको उद्घाटन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि सदस्य प्रेरक सीले गरेका थिए ।
उक्त अभियानको प्रमुख अतिथि आधार सीद्वारा मैनबत्ती बालेर उद्घाटन गर्नुका साथै प्रशिक्षण दिने काम भएको थियो । उक्त अभियान उद्घाटनमा अतिथिहरुमा विशेष कमिटी सदस्य राजेन्द्र सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दयाराम सी थिए भने कार्यक्रमको संचालन वसन्त सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।