१२ बैशाख २०८१, बुधबार

तीन बुँदे सहमति कार्यन्वयन गर्न अध्यादेश पास गर्नैपर्ने मकवानपुरमा वक्ताहरूको जाेड

0

मकवानपुर: तीन बुँदे सहमती कार्यन्वयनका लागि ल्याइएको अध्यादेश केहि साम्राज्यवादी तत्वले रोकेको भन्दै उक्त षड्यन्त्रको विरुद्ध नेकपाले विविध संघर्षको कार्यक्रम गरिरहेको छ । उक्त कार्ययोजना अनुसार नेकपा मकवानपुरले पनि कार्यक्रम गर्दै आइरहेको छ ।

पार्टी केन्द्रको योजना अनुसार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको हो । जिल्ला सेक्रेटरी सुर्य सीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य राम सीको प्रमुख आतिथ्यता रहेको हो भने वैकल्पिक केन्द्रिय सदस्य आरोह सी, नागरिक मन्च मकवानपुरका संयोजक तथा अधिवक्ता केशव गौतम, नेपाल बार एसोसिएसन मकवानपुरका पूर्व अध्यक्ष लगायतको आतिथ्यता रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न पद र ओहदामा रहेका व्यक्तित्वले आ-आफ्नो विचार प्रस्तुत गरेका छन् । सबैले नेकपासँग तत्कालीन समयमा गरेको तीन बुँदे सहमति कार्यन्वयन गर्न अध्यादेश पास गर्नैपर्ने बताए । यदि अध्यादेश पास नभए तापनी कुनै न कुनै माध्यमबाट सरकारले सहमति लागू गर्नुपर्ने बताए । सरकारले तीन बुँदे सहमति कार्यन्वयन गर्न आलटाल गर्नु भनेको देशमा समस्या निम्त्याउनु हो भन्ने बुझाइ सबैले पेस गरेका छन् ।

यसरी अध्यादेश जारी गरि तीन बुँदे सहमति कार्यन्वयन गराउन दबाब दिनको लागि गरिएको अन्तरक्रिया कार्यक्रमको सन्चालन नेकपा मकवानपुरका सचिवालय सदस्य विवेक सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।