४ बैशाख २०८१, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी काठमाडाैँको पाँचौ पूर्ण बैठक सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी काठमाडाैँ जिल्ला समितिको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी तुलसी नारायण सि को अध्यक्षतामा पार्टीका पोलिट ब्यूरो सदस्य तथा काठमाडौँ, धादिङ इन्चार्ज प्रज्वल सि को प्रमुख आतिथ्यमा बैठक बसि विभिन्न निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रज्वल सिले मङ्सिर ४ को चुनावको नतिजालाई हेर्दा जनताले संसदिय निर्वाचनलाई अस्विकार गरेको र असफल सावित भएको बताए । जनताले संसदिय व्यवस्थाको विकल्प खोजिरहेको भन्दै उनलेे भने,’नयाँ पात्रहरू उदय हुनु नै राजनैतिक दलहरुप्रति जनताहरु बितृष्णा हुनु हो तर यी पात्रहरू परिवर्तनको विकल्प हुन सक्दैन विकल्प को रुपमा नेपाल कम्युनिस्ट पार्टी नै हो ।’

बैठकमा नेवा: मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि सदस्य घाइते योद्धा सुरेन्द्र सि, केन्द्रिय प्रतिनिधि सदस्यहरु इच्छुक सि , प्रताप सि, गोपाल सि, जिल्ला सल्लाहकार सदस्य पर्शुराम सि, घाइते योद्धा जीवन सि , नगर इन्चार्जहरु जिल्ला समिति सदस्यहरुको बैठकमा उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।