१५ चैत्र २०८०, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले १३० औँ माओ दिवस मनायो

0

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले १३० औँ माओ दिवस भव्य रुपमा त्रिपुरासुन्दरी गाउँपालिका अन्तरगत बाग भैरब मा. वि. मा सम्पन्न गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी युगिनले माओले दिनुभएको महत्त्वपूर्ण शिक्षा, विश्व कम्युनिस्ट आन्दोलनमा खेल्नु भएकाे भूमिका, चीनलाई समाजवादी देश पुर्‍याउन खेल्नु भएकाे भूमिका र नेपालको एकीकृत जनक्रान्तिमा त्यसकाे महत्त्व र सान्दर्भिकता विषयमा प्रष्ट पारेका थिए । एकीकृत जनक्रान्तिमा माओले विकास गरेकाे दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद विषयमा गहिरिएर अध्ययन गर्नु पर्ने पनि बताए । साथै माओले विकास गरेकाे अनुशासन नियम दृढतापूर्वक पालना गरेर २१ औँ शताब्दीमा नेपालमा वैज्ञानिक समाजवाद झन्डा फरफराउनु पर्ने बताए । त्यसैगरी कार्यक्रमका अर्का अतिथि तथा पिन्सिपल नर बहादुर श्रेष्ठ पनि आजकाे समयमा जनवादी शिक्षाकाे महत्त्व बढिरहेकाेले माओकाे रचनाहरु अध्ययनमा जाेेड दिए । आजको सन्दर्भमा व्यवहारिक शिक्षाकाे आवश्यकता भएकाे औल्याए । कार्यक्रमकाे संचालन युवा संगठन नेपालका केन्द्रीय सदस्य सुमन सिले गरेका थिए भने अध्यक्षता जिल्ला सदस्य विराज सिले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।