१२ बैशाख २०८१, बुधबार

आज नेकपाले माओजयन्ती मनाउदै

0

काठमाण्डौ/ चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष तथा नयाँ जनवादी क्रान्तीका प्रवर्तक माओत्सेतुङको १ सय ३०औं जन्म जयन्ती विभिन्न कार्यक्रम सहित आज देशभर मनाइदै छ । नेपाल कम्युनिस्ट पार्टीले २६ डिसेम्बर अर्थात आजको दिन पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवको उपस्थितमा नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्मजित वुढाथोकी “सुशिल” सहित माओजयन्तीको अवसरमा एक कार्यक्रम गरि दिवस मनाउन लागेको हो भने प्रबक्ता प्रकाण्ड सी को उपस्थितिमा काठमाडौको शान्ति बाटिकामा जनसभा सहित कार्यक्रम गर्न लागेको जानकारी स्रोतले दिएको छ ।

यस्तै देशभर नेकपा सम्बद्ध विभिन्न जनवर्गीय संगठन, बिभागहरु र जिल्ला कमिटीहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्ने र यस अवसरमा एक आपसमा शुभकामना आदनप्रदान गर्दै माओजयन्ती मनाइने छ आज भन्दा १ सय ३० वर्ष पहिले चिनको हुनान प्रान्तमा एक मध्यम किसान परिवारमा जन्मेका माओले चीनिया कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनलाई सामन्तवाद र साम्राज्यवादको उत्पादनबाट मुक्त गरी आजको चिनियाँ व्यवस्थाको जग हालेका थिए । उनले एकातिर चिनिया रास्ट्र र जनतालाई मुक्त गरेका थिए भने अर्कोतिर मार्क्सवाद लेनिनवादको बिकास र प्रयोग गर्दै सिद्धांतको बिकासमा थप समृद्धिकरण गरेका थिए ।

यसरी माओले पुर्याएका योगदान र अन्वेषणहरुको आजको नेपालको परिवर्तन र आन्दोलनमा के सान्दर्भिकता रहला ? वा यसबाट लिनु पर्ने शिक्षाहरु के के होलान? भन्ने बारे चर्चा गर्दै, पाठ लिदै अगाडी बढ्न नेपालमा पनि माओजयन्ती मनाउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।