मार्क्स एंगेल्स ले सन १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गरि सकेपछि संसार भरिका मजदुर किसान हरु संगठित हुन थाले सर्बहारा बर्गले बौद्धिक हतियार फेला पार्यो मजदुर बर्गिय आन्दोलन पुँजीवादी हरुको बिरुद्ध जबर्जस्त रुपले अगाडि बढ्यो। बिश्वब्यापी रूपमा कम्युनिस्ट लहर नै आयो कयौं देशमा पुँजीवादी सत्ताहरु ढले र समाजबादी सत्ताहरु स्थापना भए । फ्रान्सको राजधानी पेरिसका कम्युनार्डहरुले प्रतिक्रियाबादी शासनको बिरुद्ध बिद्रोह गरे फलस्वरुप पेरिस कम्युन को स्थापना गरे ।
यो नै पुँजीवादी बिरुद्धको मजदुरहरुको प्रथम बिजयी क्रान्ति थियो । यधपी यो ७१ दिन मात्र टिक्यो । सन १९१७ मा अक्टोबर समाजबादी क्रान्ति सम्पन्न भयो । अक्टोवर समाजबादी क्रान्ति ले मानबजातिको ईतिहासमा नयाँ युग अर्थात सर्बहारा क्रान्तिको युगको आरम्भ गर्यो ।महान अक्टोबर समाजबादी क्रान्तिले सामाजिक मुक्तिको बिश्वब्यापी ऐतिहासिक प्रक्रियाको सुत्रपात गर्यो । जर्मन फासिजम र जापानी सैन्यवाद परास्त भए पछि युरोप, एसिया र पछि दक्षिण अमेरिकामा शोषक बर्गको सत्ता माथि समाजवादी हरुको जित भयो । पोल्यान्ड, चेकेस्लोभाकिया, युगोस्लाभीया, बुल्गेरिया, रुमानिया, अल्बानिया, हंगेरी, मंगोलिया, भियतनाम, चिन, कोरिया, लाओस र क्युबा लगायतका देशहरूमा समाजबादी ब्यबस्था आरम्भ भयो तर असफल भयो । यी सबै देशहरूमा भएको क्रान्ति मध्ये लेनिनको नेतृत्वमा सन १९१७ मा भएकोे महान अक्टोवर समाजबादि क्रान्ति र माओ को नेतृत्वमा सन १९४९ मा भएको चिनिया जनवादी क्रान्ती संसार भरिका श्रमिक जनताका लागी महाबिश्वबिद्यालय साबित भए । नेपालमा पनि बिजयको सन्निकट पुगेको क्रान्ति असफल भयो ।
मा .ले.मा.बादलाई मार्गनिर्देशक सिद्धान्त मानेर अगाडी बढेका क्रान्तिकारी आन्दोलन किन असफल भए ?। असफलताको कारण वाह्य पक्ष पनि हो किनकी पुँजीवादी हरुले समाजबादका कयौं बिषय सिकेर लागू गर्दैछन शोषणको तरिका बदले लडाइ को तरिका वदले उत्पादनका साधनमाथिको स्वामित्व उनको छ । तर असफलताको कारण मुख्यतः आन्तरिक हो द्वन्द्व बादको मान्यता अनुसार कुनै पनि बस्तुको बिकास र बिनासको कारक आन्तरिक हुन्छ यो प्रकृति बिज्ञान को कुरा होला तर समाजबिज्ञानमा पनि यो लागू हुन्छ भन्नुको तात्पर्य कम्युनिस्टहरू ले आजको पुँजिबादलाइ परास्त गर्ने बैचारिक अस्त्र र भौतिक अस्त्र निर्माण गर्न नसक्नु आन्तरिक कारण नै हो यस्का बाह्य कारण पनि छन।मार्क्स ऐङगेल्स पनी भित्र र बाहिर लड्नु पर्यो । त्यसैगरी पेरिस कम्युन ढल्नु एम.थियर्स मात्रै को कारण होईन कारण आन्तरिक नै हो । रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्ति मा जारशाही र बैदेसिक हस्तक्षेपको बिषय मात्र होइन चिनमा पनि च्याङकाइसेक र जापानी साम्राराज्यबादको मात्रै बिषय थिएन आफ्नै जीवनमा माओ विभिन्न प्रबृत्ति बिरुद्ध जमेर लड्नु भएको थियो ।त्यसतै अरु देशमा भएको क्रान्तिमा पनि पेचिला संघर्ष भएका थिए ।
नेपाल मा पनि कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा पुस्पलालको नेतृत्वमा भयो कम्युनिस्ट पार्टी स्थापनाकाे ७३ बर्ष बितिसकेको छ । टुटफुटले कम्युनिस्ट आन्दोलन जनताको नजरमा कम्युनिस्टहरू लाई विश्वास नगर्ने स्थितिमा पुगेको छ । तर जस्तोसुकै कठिन अबस्थामा पनि एउटा प्रगतिशील धाराले नेतृत्व गरिएको हुन्छ जो आज नेपाल कम्युनिस्ट पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको सारभुत कुराको प्रतिनिधित्व गरिरहेको छ । बिगठन, पुनर्गठन एकता, संघर्ष का तिता मिठा अनुभब नेपाल को कम्युनिस्ट आन्दोलनमा छन । कम्युनिस्ट आन्दोलन मा जनताको स्तरबाट त्याग तपस्या र बलिदान भए । हजारौंको संख्यामा बलिदान, हजारौं घाईते अपाङ्ग हजारौं बेपत्ता हजारौं जेलनेल को मुलमर्म न्याय, मुक्ति र स्वतन्त्रता थियो । पद कुर्सी पैसा थिएन तर आजको राजनीतिक अवस्था हेर्दा यस्तो दयनीय अबस्था बाट गुज्रिरहेको छ।जनताको जिबन झन झन कस्टकर बन्दै गईरहेको छ भ्रस्टाचारको सिमा छैन नागरिकको धन जनको सुरुक्षा छैन । गाँस बास कपास शिक्षा स्वास्थ्य र रोजगार जस्ता आधारभुत कुराको पनि हल गर्न नागरिक हरुलाई समस्या छ । दिनहु हत्या हिंसा बलत्कार चोरी डकैती मानव तस्करी जस्ता जघन्य अपराध भईरहेका छन । त्यसको नियन्त्रण गर्नुको सट्टा राज्य संचालक र नेपालका राजनीतिक पार्टीका नेताहरू बाट त्यस खालको अपराधलाई संरक्षण दिन्छन ।
नेपाली कम्युनिस्ट आन्दोलनको ईतिहासमा ने.क.पा.माओवादी को नेतृत्वमा चलेको महान १०बर्षे जनयुद्ध ऐतिहासिक परिघटना थियो यद्यपि अरु समयमा गरिएका आन्दोलन र क्रान्ति पनि आफ्नो समयका महत्त्वपूर्ण परिघटना नै हुन तर जनयुद्ध अन्य सबै भन्दा नेपाल को ईतिहासमा अबिस्मरणिय परिघटना हो यो नेपाली जनताको सदियौ देखिको मुक्ति र परिवर्तनको आकांक्षा लाई पूरा गर्ने त्यति मात्रै होइन माओ पछि समाजबादी आन्दोलनको टुटेको कडिलाई जोड्ने परि घटना थियो । त्यसको नेतृत्व गरेका शिर्ष तहका नेता हरु प्रचण्ड, बाबुराम, किरण बादल को बिचलनले माओवादी आन्दोलन छिन्न भिन्न भयो जनयुद्धका शहिद, घाईते, अपाङ्ग बेपत्ताको कुनै मूल्य नै भएन हिजो त्याग गर्ने जनता र कार्यकर्ता सडक झुपडि र बिदेशी गल्लीमा छ । केही मुठ्ठीभर मान्छे बाहेक सबैका समस्या त झन बिकराल बन्दैछन । तर नेपालका कम्युनिस्टहरू अझै समीक्षा गर्दैनन् आज पनि संसार भरि कम्युनिस्ट जनमत बलियो छ नेपालमा ८०%छ सबैले भन्छन तर किन असफल भईरहेका छन त्यस कुरामा कसैलाई चासो नै छैन आफुलाई कम्युनिस्ट नै दाबी गर्ने संसदबादी ढोंगि कम्युनिस्टहरू आफ्नो धोति खुस्किदा पनि अरुलाई भ्रम पार्न छोडि रहेका छैनन् ।
हामी विश्व र नेपालका कम्युनिस्टहरू लाई अध्यन गर्दा के निस्कर्ष मा पुग्न सकिन्छ भने समाजबाद बाह्य चुनौति कारणले मात्रै जसहोइन हामी भित्र बाट पैदा हुने खराबि को बारेमा दिृस्टी पुगेन, गम्भीर विचार विमर्श खोज तथा अनुसन्धान (मीमांसा) पुगेन । हाम्रा बिरोधि हरुले कम्युनिस्टहरू बाट सिके तर कम्युनिस्टहरू ले स्वयम् आफै लडेर प्राप्त गरेको कुरा बाट सिकेनन लागू गरेनन् प्राप्त उपलब्धि को रक्षा र रुपान्तरण गर्न सकेनन । समय सापेक्ष सहि बिचारको बिकास गर्न नसक्नु बिचार अनुसारको फलामे अनुसासन भएको बलियो संगठन निर्माण गर्न नसक्नु त्यसको आधारमा बिरोधि तत्व बिरुद्ध सहि संघर्ष संचालन गर्न नसक्नु आजको समस्या हो । एकथरी कम्युनिस्टहरू जडसुत्रिय चिन्तन बाट ग्रसित छन । उनिहरु समय र परिस्थिति अनुसार बिचारको बिकास गर्नु पर्छ हिजो मार्क्स, ऐंगेल्स, लेनिन, स्तालिन र माओले बिकास गरेकोे बिचारले मात्र आज पुग्दैन हिजो उहाहरुले विश्लेषण र शंस्लेषण गरेको बिचार त्यतिबेलाको सन्दर्भमा गरिएको थियो त्यसले त्यो समय संसार हल्लाएको थियो । यस्को मतलब आज गलत छ भन्ने होइन त्यसलाई मार्ग निर्देशन सिद्धान्त मान्दै थप बिकास गर्नुपर्छ भन्दा दक्षिणपंथी र मार्क्स ऐंगेल्स लेनिन र माओ भन्दा जान्ने बन्ने भन्ने आरोप लगाउने हाम्रा दिग्गज कमरेडहरु क्रान्तिका लागी समय भएको छैन भन्दै बिसर्जनबादमा पतन भए । अर्को सिर्जनात्मकताको नाममा बिरोधि को शिविरमा पुगेका छन जस्को उदाहरण एमाले र माओवादी केन्द्र हुन । अझ माओवादी केन्द्र जस्को नेतृत्व कमरेड प्रचण्ड हाम्रो पुर्ब सर्वोच्च कमान्डर जस्को अपिलमा हजारौं नेपाली आमाका बिर सपुतले जिबन उत्सर्ग गरे हजारौ घाईते र अपाङ्ग र बेपत्ता भए ती सबैका सपनाको हत्या गर्दै पद र पैसाको लागि बिचारबिहिन र सिद्धान्तबिहिन राजनीतिको घेरामा कहिले एमाले कहिले कांग्रेस गर्दै गन्तव्यहिन यात्रामा हुनुहुन्छ उहाहरु कुन कम्युनिस्ट हो ? अझै भ्रममा परेका कमरेड हरुले बिद्रोह गर्ने आट गर्नुपर्छ । अर्को तिर नेपाल कम्युनिस्ट पार्टीको निति कार्यक्रमले सबै वर्गबैरीहरु अत्तालिएका छन ।
अहिले केही गर्न नसकेको जस्तो भ्रम दिईरहेका छन त्यो भ्रम अलि अलि सबै तिर छ यस्को जबाफ हामीले व्यवहार बाट दिनु छ । यो पार्टी कुनै आबेशमा या कसैको महत्बाकाक्षाले जन्मिएको पार्टी पनि होइन । यो पार्टीको नेतृत्व र कार्यकर्ता आजको वस्तुगत आवश्यकताले जन्मिएका हुन जनयुद्ध को भेल बाट जन्मेको नेतृत्व र केही कार्यकर्ता र आजको आवश्यकता बोध गर्न सक्ने बुद्धि, बिबेक र साहसले भरिएका भरभराउदा नया युवाहरु पनि यो पार्टीमा छन । हजारौं चुनौति सामना गर्दै अनबरत ढंगले अगाडी बढीरहेको छ ।हजारौं चुनौतिले उत्तिकै सम्भावनालाई पनि मुखरित गरिरहेको हुन्छ । हामीले हाम्राे सम्भावनालाई एकीकृत जनक्रान्ति मार्फत पूरा गर्नु पर्दछ । यदि नेपाल का युवा हरुले कुरा बुझे भने, नेपाल को बौद्धिक जगतले कुरा बुझ्यो भने र हाम्रा राजनैतिक र बैचारिक प्रस्ताव हरुमा बिश्लेसन र संस्लेसण गर्ने आट गर्यो भने, पार्टीले शंस्लेसन गरेको बिचार सु स्पष्ट ढंगले जनतामा पुर्याउन सकियो भने, छरिएर रहेका ईमान्दार कम्युनिस्टहरू लाई गोलबन्द गर्नसकियो भने, देशभक्त र रास्ट्रबादी हरुले उत्पिडित वर्ग र समुदाय जागेमा हामिले हाम्राे नितिमा गल्ती गरेनौ भने, हाम्राे बिजयलाई कम्युनिस्टहरू को बिजयलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।
यस्को लागि क्रान्तिकारीहरुले लेनिनले बिकास गरेकोे संगठनात्मक सिद्धान्त, माओले बिकास गरेको जनवादी केन्द्रीयताको सिद्धान्त, ने. क. पा.ले शंस्लेसन गरेको रुपान्तरण सम्बन्धि तथ्यगत अनुसन्धान को आधारमा निर्णय लिने माओको ३ नियम र ८ ध्यान दिनुपर्ने कुरा अझ पार्टी कार्यकर्ता को लागि ३ महत्त्वपूर्ण कार्यशैली भन्नुभएको रहेछ:- १) जनतासंग घनिस्ट सम्बन्ध गास्ने २) सिद्धान्त लाई व्यवहार संग जोड्ने ३) आत्मआलोचना र आलोचनाको कार्यशैलीको बिकास गर्ने, यो आजपनि हाम्रा लागि त्यतिकै मननयोग्य बिषय छ । जसरी प्रकृति बिज्ञान मा बैज्ञानिक हरुले स्थुल जगत र सुक्ष्म जगतको अध्यनमा तथ्य हरुको पुष्टि गरे अझै नयाँ नयाँ अनुसन्धान भईरहेका छन । त्यसरी हाम्रो बिरुद्ध आउने कम्युनिस्ट आन्दोलनमा देखा पर्ने पर्दा भित्र र बहिर देखा पर्ने समस्या हरुलाई हल गर्ने हरेक अन्तरबिरोध पत्ता लगाएर हल गर्ने पार्टी क्याडरहरुको पक्ति आजको आबश्यकता हो । सबै प्रगतिशील, देशभक्त, रास्टबादी, मजदुर, किसान, मध्यमबर्ग र क्रान्तिकारी हरु एकताबद्ध होऔ बिजय सुनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस्