१६ चैत्र २०८०, शुक्रबार

युवा सङ्गठन नेपाल, कास्कीको अध्यक्षमा युवराज

0

युवा सङगठन नेपाल कास्कीको चौथो जिल्ला सम्मेलन पोखरामा सम्पन्न भएको छ ।
१३० औं माओ जयन्तीको अवसर पारेर आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य  तथा संगठनका केन्द्रीय अध्यक्ष पाटन सी ले संसदीय व्यवस्थाको मलामी जान तयार हुन युवाहरुलाई आग्रह गरे । माओको बाटो र विचारलाई त्यागेर व्यवस्था परिवर्तन नहुने समेत प्रमुख अतिथि पाटन सी ले बताए । कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी ले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक प्रकाश सी ले शुभकामना मन्तव्य राखेका थिए भने महानगर सेक्रेटरी सोममाया सी र कार्यालय सदस्य परिवर्तन सी ले नवनिर्वाचित समितिलाई बधाई दिएका थिए । सम्मेलनले अध्यक्षमा युवराज सी, उपाध्यक्षमा भिम सी र मिलन सी, सचिवमा महेन्द्र सी, सहसचिवमा सन्दीप सी र काेषाध्यक्षमा विबेक सी सहित २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । नवनिर्वाचित समिति सदस्यहरुलाई सेक्रेटरी तथा crc सदस्य काजीले सपथ खुवाएका थिए । कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समिती संयोजक युवराजले गरेका थिए भने स्वागत मन्तव्य भिम सी ले गरेका थिए । कार्यक्रमको सञ्चालन भने सन्दीप सी ले गरेका थिए । कार्यक्रममा जिल्ला सचिवालय सदस्य कुमार , कर्ण , जिल्ला सल्लाहकार पुस्प लगाएत जिल्ला समिती सदस्य , युवा सङ्गठनका केन्द्रीय सदस्य अनिल र अन्य युवाहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।